V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

अधिकार कटौती हुन सक्ने देखिएपछि सभामुख घिमिरेबाट राजनीतिक दलसँगको परामर्श तिब्र

काठमाडौं । प्रतिनिधि सभा नियमावली ०७९ संशोधनका लागि बहस चलिरहेको बेला सभामुख देवराज घिमिरेले राजनीतिक दलसँगको छलफललाई तिब्र पारेका छन् । प्रतिनिधि सभा नियमावली ०७९ संशोधनको मस्यौदा प्रस्ताव संसदमा विचाराधिन छ । मस्यौदा संशोधन गर्न संसदमा सहभागि दलले संशोधन प्रस्ताव राखेका छन् । सत्ता गठवन्धनसँग आवद्ध राजीतिक दल सभामुखको अधिकार कटौती गर्ने पक्षमा छन् । प्रतिपक्षी दल एमाले यसको विपक्षमा छ । मत विभाजन हुँदा सांसद्मा सत्ता गठवन्धनको बहुमत पुग्छ । त्यसो हुँदा सभामुख घिमिरेले राजनीतिक दलसँगको छलफललाई तिब्र पारेका छन् ।

सभामुख घिमिरले संसद् भवनस्थित शंकर हलमा बिभिन्न राजनीतिक दलसँग छलफल जारी राखेका छन् । सभामुखका प्रेस संयोजक शेखर अधिकारीले सभामुख घिमिरे राजनीतिक दलसँग छलफलमा रहेको बताए । उनले भने, ‘सभामुख र राजनीतिक दलसँगको छलफल जारी रहेको बताए । छलफलमा प्रतिनिधि सभा नियमावली ०७९ संशोधन बिषयमा कुरा चलेको छ ।’ छलफलमा दलका प्रमुख सचेतक, सचेतकहरू, संसदका महासचिव र सचिवहरू सहभागी भएका छन् ।

प्रकाशित समय १५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010