V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन : उपमहासचिव गुरुङ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपाको स्थापना नभएको भए नेपालमा पञ्चायती व्यवस्था नढल्ने बताएका छन् । नेकपा एमाले, पर्वत–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रममा बोल्दै गुरुङले कम्युनिष्टको उदय भएकै कारण नेपालमा लामो समय रहेको पञ्चायत व्यवस्था ढलेको बताए । माले हुँदै नेकपा एमालेको स्थापना गरेकै कारण नेपालमा जनवादी व्यवस्थामा पनि बहुदलीय एकता र प्रतिस्पर्धा हुने भन्दै आफ्नो पार्टीले बहुदलीय जनवादी व्यवस्थाको पक्षमा पहिलो पटक ओकालत गरेको उनले दाबी गरे ।

नेपालमा भएको एकतन्त्रीय पारिवारीक शासन प्रणालीको अन्त्यका लागि नेपाली कांग्रेसलाई समेत एक ठाउँमा ल्याएर वाम मोर्चा गठन गरि कांग्रेस र वाम मोर्चाको बीचमा पनि सेतुको काम नेकपाले गरेको जिकिर उनले गरे । नेपाली कांग्रेसले राजा र पञ्चायत सँगै चोचोमोचो मिलाएर बसेको आरोप लगाउँदै उनले भने, ‘ नेपालमा भएको एकतन्त्रीय पारिवारीक शासन प्रणालीको अन्त्यका लागि नेपाली कांग्रेसलाई समेत एक ठाउँमा ल्याएर बाम मोर्चा गठन गरि कांग्रेस र बाम मोर्चाको बीचमा पनि सेतुको काम नेकपा स्थापना नभएको भए, तेस्रो महासचिव मदन भण्डारी निर्वाचित नभएको भए पञ्चायत जाने थिएन् ।’

तीस वर्षीय पञ्चायती व्यवस्थालाई फाल्नको लागि नेकपा मालेले नेतृत्वदायी भूमिका निभाएको भन्दै गुरुङले नेकपा गर्व गर्न लाएक पार्टी भएको बताएका छन् । संसारभरीका कम्युनिष्ट ओरालो लाग्दा कम्युनिष्ट आन्दोदन प्रति प्रश्न उठिरहेको सन्र्दभमा नेकपा एमालेले नेपालमा भएको पहिलो आम निर्वाचनबाट जनताको विश्वास जितेर आएको पनि बताए ।

 

प्रकाशित समय २१:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010