V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

सवारी दूर्घटनामा परी पाँच जनाको मृत्यु

काठमाडौं । विभिन्न ठाउँमा सवारी दूर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–९ तिलगंगास्थित सडकमा बा.१७ च ५८६ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका–७ घर भएका ४७ वर्षीय चन्दन गोसाईको मृत्यु भएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दूर्घटनमा घाइते भएका गाडीका सह–चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सिरहा, कर्जन्हा नगरपालिका–२ कमला पुलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले बा.५७ प ७२० नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिंदा मोटरसाइकल चालक सोही नगरपालिका–२ बडरामाल बस्ने ४२ वर्षीय ठाकुरनाथ खतिवडाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

धनुषा, मिथिला नगरपालिका–३ लालभित्तीमा ना.६ ख ६५७८ नम्बरको ट्रक र प्र.१–०२–००१ ख ९२९२ नम्बरको ट्रक एक–आपसमा ठक्कर खाई शनिबार बिहान दूर्घटना हुँदा ना.६ ख ६५७८ नम्बरको ट्रक चालक सुनसरी ईनरुवा बस्ने २८ वर्षीय सागर चौधरी र दुबै ट्रकको सह–चालक २ जनासमेत गरी ३ जनाको मृत्यु भएको छ । दूर्घटनामा घाइते भएका उनीहरुको ढल्केवर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दूर्घटनामा घाइते भएका प्र.१–०२–००१ ख ९२९२ नम्बरको ट्रक चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन ः उपमहासचिव गुरुङ
काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपाको स्थापना नभएको भए नेपालमा पञ्चायती व्यवस्था नढल्ने बताएका छन् । नेकपा एमाले, पर्वत–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रममा बोल्दै गुरुङले कम्युनिष्टको उदय भएकै कारण नेपालमा लामो समय रहेको पञ्चायत व्यवस्था ढलेको बताए । माले हुँदै नेकपा एमालेको स्थापना गरेकै कारण नेपालमा जनवादी व्यवस्थामा पनि बहुदलीय एकता र प्रतिस्पर्धा हुने भन्दै आफ्नो पार्टीले बहुदलीय जनवादी व्यवस्थाको पक्षमा पहिलो पटक ओकालत गरेको उनले दाबी गरे ।

नेपालमा भएको एकतन्त्रीय पारिवारीक शासन प्रणालीको अन्त्यका लागि नेपाली कांग्रेसलाई समेत एक ठाउँमा ल्याएर वाम मोर्चा गठन गरि कांग्रेस र वाम मोर्चाको बीचमा पनि सेतुको काम नेकपाले गरेको जिकिर उनले गरे । नेपाली कांग्रेसले राजा र पञ्चायत सँगै चोचोमोचो मिलाएर बसेको आरोप लगाउँदै उनले भने, ‘ नेपालमा भएको एकतन्त्रीय पारिवारीक शासन प्रणालीको अन्त्यका लागि नेपाली कांग्रेसलाई समेत एक ठाउँमा ल्याएर बाम मोर्चा गठन गरि कांग्रेस र बाम मोर्चाको बीचमा पनि सेतुको काम नेकपा स्थापना नभएको भए, तेस्रो महासचिव मदन भण्डारी निर्वाचित नभएको भए पञ्चायत जाने थिएन।’

तीस वर्षीय पञ्चायती व्यवस्थालाई फाल्नको लागि नेकपा मालेले नेतृत्वदायी भूमिका निभाएको भन्दै गुरुङले नेकपा गर्व गर्न लाएक पार्टी भएको बताएका छन् । संसारभरीका कम्युनिष्ट ओरालो लाग्दा कम्युनिष्ट आन्दोदन प्रति प्रश्न उठिरहेको सन्र्दभमा नेकपा एमालेले नेपालमा भएको पहिलो आम निर्वाचनबाट जनताको विश्वास जितेर आएको पनि बताए ।

प्रकाशित समय २१:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010