रेमिट्यान्सको पैसाले गलाभरी माला लगाएर देशको विकास हुँदैन : गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले रेमिट्यान्सको पैसाले गलाभरी माला लगाउने नेता रहुन्जेल देश विकासको कल्पना गर्न नसकिने टिप्पणी गरेका छन् । आज ललितपुरमा आयोजित नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले जवान युवाहरूलाई खाडीतिर पठाउने र उनीहरूले नै पठाएको रेमिटेन्सबाट माला आयात गरेर गलाभरी लगाउने नेताहरू भएसम्म देश बन्न नसक्ने टिप्पणी गरेका हुन् ।
उनले भने ‘नौ जवान युवाहरूलाई खाडीतिर पठाउने उनीहरूले नै पठाएको रेमिट्यान्सबाट माला आयात गरेर गलाभरी माला लगाउने नेताहरू भएसम्म कसरी बन्छ देश ? देश बर्बाद भयो झन्डै । श्रीलंका, पाकिस्तान जस्तो हुने हो कि त्यति भन्न नेता बन्ने हो ? यति भन्न त एउटा विद्यार्थीलाई उठेर भन बाबु भने भनिहाल्छ नि । मुलुक चलाउन पहिला प्रधानमन्त्री सुध्रिनुपर्छ, त्यसपछि मन्त्रीहरू ठीक हुनुपर्छ । एउटा प्रधानाध्यापक बिग्रियो भने विद्यालय बिग्रिन्छ ।’
प्रकाशित समय २१:२७ बजे