1100×100 Nabil Advert

पाँच प्रतिशतले घट्यो एलपी ग्याँसको खपत

काठमाडौं । पछिल्लो समय खाना पकाउने ग्याँसको खपत निरन्तर घट्ने क्रममा रहेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण विद्युतिय चुलोको प्रयोग बढेसँगै खाना पकाउने ग्याँसको खपत घटेको हो । नेपाल आयल निगमका अनुसार गत आर्थिक वर्षको सात महिना अर्थात साउनदेखि माघसम्म ३ लाख ९ हजार ८ सय १३ मेट्रिक टन ग्याँस खपत भएको थियो । तर, चालु आर्थिक वर्षको सोही अवधिमा २ लाख ९४ हजार २ सय १८ मेट्रिक टन ग्याँसमात्रै खपत भएको छ । जुन गत आर्थिक वर्षको भन्दा ५ प्रतिशत कम हो ।

निगमका अनुसार विगतका वर्षहरुमा खाना पकाउने ग्याँसको खपत वर्षिक रुपमा १० देखि १५ प्रतिशतले बढ्ने गरेको थियो । तर, चालू आर्थिक वर्षमा भने पछिल्लो सात महिनामा ग्याँसको खपत ५ प्रतिशतले घटेको निगमको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित समय १४:२७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु