V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

प्रधानमन्त्री प्रचण्डले पाएको विश्वासको मत अस्थायी हो: नेता गैरे

काठमाडौं । नेकपा एमालेका नेता ठाकुर गैरेले प्रधानमन्त्री प्रचण्डले पाएको विश्वासको मत अस्थायी भएको बताएका छन् । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि विपक्ष दलका नेता गैरेले प्रचण्डमाथि विश्वास गर्ने आधार नै नभएपछि विपक्षमा मतदान गरेको बताएका हुन् ।

‘हामीले त उहाँलाई विश्वास गर्ने ठाँउनै थिएन । हिजो प्रधानमन्त्री बन्दा हामीसँग जुन प्रतिबद्धता गर्नु भएको थियो त्यो प्रतिबद्धतामा नै उहाँ रहनुभएन, भने विश्वास गर्ने आधार थिएन । त्यसैले विपक्षमा मतदान गरेका हौं । विश्वासको मत प्राविधिक रुपले पाएको देख्न सकिन्छ । उहाँ आज जुन ठाउँमा हुनुहुन्छ त्यो ठाउँको सैद्धान्तिक राजनीतिक कुनै पनि हिसाबले टेक्ने ठाउँ छैन । आज उहाँले पाएको विश्वासको मत अस्थायी र अविश्वास योग्य छ ।’

 

प्रकाशित समय १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010