V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

रिक्त क्षेत्रहरुमा वैशाख दश गते उपनिर्वाचन हुने

काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेका क्षेत्रहरुमा वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
आयोगले विज्ञप्ती जारी गर्दै तनहु १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति र चितवन २ बाट रवि लामिछानेको नागरिकता काण्डमा सांसद पद गुमेपछि रिक्त भएको उक्त क्षेत्रहरुमा एकैपटक उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
आयोगका अनुसार चैत २० गते उम्मेद्वारी दर्ता, २३ गते अन्मित नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित समय १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010