प्रचण्ड विश्वास गर्न लायक मान्छे नै होइनन्ः अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । एमाले संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
बैठकमा एमाले अध्यक्षले भने– ‘हामी धेरै कुरा केही भन्दैनौ । विश्वास छैन भन्ने कुरा गर्छौं । तपाईं विश्वास लायक मान्छे नै होइन ।’ संसदीय प्रणालीमा कैले–कैले यस्तो हुने भन्दै ओलीले यसअघि अलि–अलि विश्वास थियो र मत दिएको तर अब भने त्यो विश्वास समेत कामय नरहेको तर्क गरे । उनले भने ‘कैले–कैले सांसद्को विडम्बना यस्तो पनि दिन आउँदो रहेछ । यस्तो मान्छेलाई विश्वास छ भनेर । हेर्दा–हेर्दै यहाँ विश्वास पनि प्रकट हुन सक्छ यो संसदीय प्रणाली हो । त्यसो हुनाले हामी विश्वासको मत दिन सक्दैनौं नभएको विश्वास कहाँबाट ल्याउँ तपाईं विश्वास लायकको मान्छे नै होइन ।’
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले, प्रचण्डले आफूले प्रधानमन्त्री बनाएको भोलिपल्टै प्रचण्डले धोका दिएको भन्दै आक्रोश पोखेका थिए । उनले पार्टीभित्रै पनि प्रचण्डविरुद्व बोल्ने मान्छे नभएको र उनले अरुको कुरा नसुन्दा गठबन्धन नटिकेको टिप्पणी गरेका छन् ।
प्रकाशित समय १४:४३ बजे


















