नेमकिपाको किल्लामा नेविसंघ विजयी

काठमाडौं । भक्तपुर वहुमुखी क्याम्पसमा २२ बर्षपछि नेपाल मजदूर किसान पार्टी निकट विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघले पराजय व्यहोरेको छ । सोमबार प्राप्त मत परिणाम अनुसार नेपाल क्रान्तिकारी विद्यार्थी संघलाई पराजित गर्दै नेविसंघले ऐतिहासिक जित निकालेको हो । स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन अन्तर्गत भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा खसेको दुई हजार २२ मतमध्ये गठबन्धनका उम्मेदवार नेविसंघका पुकार पराजुलीले सभापतिमा बाजी मारेका हुन् । उनले ११ सय ७२ मत प्राप्त गरे ।
भक्तपुर बहुमुखी क्याम्पसमा तीन वटा ठूला दल निकटको नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन र अखिल (क्रान्तिकारी) संयुक्तले एउटै प्यानल बनाएर उम्मेदवारी दिएका थिए । यसबाहेक नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघले दिनेश खड्गीको अध्यक्षतामा एकल प्यानलसहित उम्मेदवारी दिएको थियो । यसबाहेक राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठन र भक्तपुर बहुमुखी क्याम्पस स्पोटर्स ग्रुपले स्वतन्त्र रुपमा एकल उम्मेदबारी दिएका थिए ।
प्रकाशित समय १८:४० बजे