1180_110px 89th anniversary_Nepal Bank
850×150-NIMB

रवि लामिछानेको ‘राहदानीबारे प्रचलित कानूनअनुसार निरुपण हुनुपर्ने’ सर्वोच्चको ठहर (पूर्णपाठसहित)

काठमाडौं । रवि लामिछानेले प्रक्रिया पुर्‍याएर नेपाली नागरिकता नलिएको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले मुद्दा दायर गरेपछि भएको फैसलाले उनको गृहमन्त्री पददेखि पार्टी अध्यक्षसम्म गएको थियो । गृहमन्त्री र पार्टी अध्यक्ष दुवै पद गएपछि उनले प्रक्रिया पुर्‍याएर पुनः नेपाली नागरिकता लिए । तर उनको फैसलाको पूर्णपाठ भने भर्खरैमात्र आएको छ । उनीविरुद्ध परेको मुद्दाको फैसलाको पूर्णपाठमा भने धेरै लामो व्याख्या गरिएको छ ।

 

अदालतले उनलाई पुनः निर्वाचन लड्न नपाउने नभने पनि राहदानी विवादबारे ‘प्रचलित कानूनअनुसार निरुपण गरिनुपर्ने’ भनेर उल्लेख गरेपछि उनले अझै पनि कानूनी उल्झन्मा पर्ने सम्भावना देखिएको कानून क्षेत्रसँग सम्बद्ध व्यक्तिहरुले तर्क गरेका छन् । चितवन क्षेत्र नं. २ बाट उपनिर्वाचन लडेर पुनः निर्वाचित हुने बाटो उनलाई फैसलाले खोलेको छ । तर राहदानीको विषयमा ठोस निर्णय सर्वोच्चबाट नआएको र ‘राहदानीबारे प्रचलित कानूनअनुसार निरुपण हुनुपर्ने’ भन्ने उल्लेख भएकाले राहदानीको विषयमा फेरि पनि रवि लामिछाने फस्ने सम्भावना भएको चर्चा चल्न थालेको छ । रवि लामिछानेबारेको फैसलाको पूर्णपाठ हेर्नुहोस् ।

प्रकाशित समय ०८:१४ बजे




प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु