नेपाल एयरलाइन्सको टिकट बुक गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न मिल्ने

काठमाडौं । आइएमई पे र नेपाल एयरलाइन्सबीच आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रदानकर्ताको रुपमा रहने सम्झौता भएको छ । सो सम्झौताअन्तर्गत ग्राहकहरुले नेपाल एयरलाइन्सको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत् भुक्तानी गर्नसक्नु हुन्छ । नेपाल एयरलाइन्सको वेबसाईटमा गइ आफ्नो आवश्यकता अनुरुपको गन्तव्य र मिती छानी, मागिएको विवरण भरि चेकआउट् गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न सक्नुहुनेछ ।
ग्राहकहरुलाई भुक्तानी प्रकृया सहज पार्न र साथै विद्युुतीय भुक्तानीलाई अब्बल पार्ने उद्देश्यका साथ यो सम्झौता गरिएको हो । ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँछ र यसको मद्दतबाट सेवाग्राही आफैंले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्छन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने, विभिन्न घरायशी तथा कार्यालयका बीलहरू भुक्तानी, विद्युत तथा खानेपानीको महशुल भुक्तानी, लोकसेवा परीक्षार्थीहरुले बुझाउनुपर्ने आवेदन दस्तुर, राहदानी दस्तुर भुक्तानी, आन्तरिक राजस्व विभाग तथा कार्यालयहरुको कर तथा राजस्व भुक्तानी, स्थानीय सरकार अन्र्तगतका नगर तथा वडा कार्यालयहरुलाई बुझाउन पर्ने राजस्व, कर तथा दस्तुर भुक्तानी, ट्राफिक जरिवाना लगायत स्कुल तथा कलेजको शैक्षिक शुल्क, इन्टरनेट सेवा, हवाई यातायात, केबलकार, बिमा, इएमआई, पुँजीबजार आदि विभिन्न क्षेत्रहरुमा अनलाईन भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण नेपाली जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।
प्रकाशित समय २०:४५ बजे