V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

हिमालयन बैंक देशकै एउटा उत्कृष्ट, सबल तथा ठूलो संस्था बन्यो : सिइओ राणा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात् ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट एकिकृत कारोबार शुभारम्भ गरेको छ । हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले एक विशेष समारोहका बीच एकिकृत कारोबार शुभारम्भ भएको घोषणा गर्नुभयो । उहाँले प्राप्तिले हिमालयन बैंक लिमिटेडलाई थप उत्कृष्टताका साथ समृद्धिको बाटोमा सँगै अगाडि बढ्नका लागि बताउनुभयो ।

 

सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् बैंकको अधिकृत पूँजी रु २६ अर्ब, चुक्ता तथा जारी पूँजी २१.६५ अर्ब, कूल पूँजी ३४ अर्ब र कूल सम्पत्ति ३३४ अर्ब रहने छ भने बैंकको कूल निक्षेप २७४ अर्ब र कूल कर्जा २५० अर्ब रहने छ । यसैगरी आजबाट बैंकले हर्षोल्लासका साथ नेपालभरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटिएम बुथहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।

विशेष समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष श्रेष्ठले देश विकासको आर्थिक अवस्था एवं प्राप्तिपछि प्राप्त हुने बजार विस्तारको सम्भावना तथा लगानीयोग्य वातावरणलाई ध्यानमा राखेर बैंकको बृहत्तर विकास, दिगोपन र सशक्तताका लागि हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेको बताउनुभएको छ ।

 

त्यसैगरी सिभिल बैंक लिमिटेडका अध्यक्ष प्रदिपजङ्ग पाण्डेले दुई बैंकबीचको एकता आगामी दिनमा थप सबल र सक्षम बनाउनका लागि भएको बताए । समारोहमा हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अब हिमालयन बैंक देशकै एउटा उत्कृष्ट, सबल तथा ठूलो संस्था बनेकोे बताउनुभयो । उहाँले आगामी दिनहरुमा बैंक आफ्ना शेयरधनीहरुलाई उच्चतम प्रतिफल दिन र ग्राहकवर्गलाई समय सापेक्ष नवीन प्रविधियुक्त सेवा–सुबिधा प्रदान गर्नका लागि केन्द्रित हुने बताउनुभयो । कार्यक्रममा हिमालयन बैंकका महाप्रबन्धक उज्वल राजभण्डारीले यस प्राप्ति प्रक्रियामा साथ र सहयोग पुर्‍याउनु हुने सम्पूर्ण संघ–संस्थलाई धन्यबाद ज्ञापन गर्नुभएको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् बैंकको संचालक समितिमा हाल हिमालयन बैंक लिमिटेडकै संचालक समिति रहनेछ भने बैंकको अध्यक्षतामा प्रचण्डबहादुर श्रेष्ठ नै रहनुभएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा रहनुभएको छ । प्राप्तिपश्चात बैंकको केन्द्रीय कार्यालय कमलादीस्थित हालको हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थानमा नै रहेको छ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई १:०.८०२८ शेयर आदान-प्रदान अनुपातमा प्राप्ति गरेको हो ।

प्रकाशित समय १७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010