V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

दृढ संकल्पले नै कम्पनीको साझा लक्ष्य हासिल गर्न सकिएको होः सिइओ प्रसाईं

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा ‘एमडिआरटि एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनी’ सम्पन्न गरेको छ । कम्पनीले फाल्गुन १० देखि १२ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा कम्पनीबाट एमडिआरटि २०२३ मा छनौट भएका विजयी अभिकर्ताहरुलाई सम्मान गरेको हो । एमडिआरटि एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनीको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गर्नुभएको हो ।

तीन दिनसम्म संचालन भएको उक्त कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान, अन्तराष्ट्रिय प्रशिक्षकद्वारा मोटिभेसनल सेसन एवं विभिन्न रिफ्रेसमेन्ट कार्यक्रमहरु रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले सबैको मिहेनतले नै सफलता प्राप्त गरी यस्तो उत्सव मनाउन लागिएको बताउनुभयो । उहाँका अनुसार दृढ संकल्पले नै कम्पनीको साझा लक्ष्य हासिल गर्न सकिएको हो । यो सफलताको उचाई आगामी दिनहरुमा पनि अझ उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन समूह, प्रदेश प्रमुखहरु, शाखा प्रमुखहरु एवं अभिकर्ताहरु लगायतको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

 

प्रकाशित समय १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010