V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

नमस्ते पेबाट यति एयरलाइन्सको उडान टिकट खरिदमा क्यासब्याक अफर

काठमाडौं । नमस्ते पे ले २0७९ फागुन १0 गतेदेखि चैत ७ गतेसम्म २८ दिनका लागि ग्राहकहरूलाई यती एअरलाइन्सको उडान टिकट मा विभिन्न अफरहरु ल्याएको छ ।नमस्ते पे बाट उडान टिकट खरिद गर्ने ग्राहकहरूले FLY300 प्रोमोकोड प्रयोग गरेर आनो वालेटमा रु.३00 को क्यासब्याक पाउनेछन् साथै, प्रत्येक हप्ता एक जना भाग्यशाली उडानकर्ताले आफ्नो वालेटमा १00५ क्यासब्याक पाउनेछन् ।

नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत सुपथ मुल्यमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू एकतर्फी र राउण्ड ट्रिप खरिद गर्न सकिनेछ ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

 

प्रकाशित समय १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010