V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

आइएमई पे र कन्काई नगरपालिकावीच समझदारी

काठमाडौं । आइएमई पे र कन्काई नगरपालिकावीच समझदारी भएको छ । समझदारी अनुसार नगरपालिकाका सम्पूर्ण वडाहरूमा सञ्चालन हुने एक महिना लामो डिजिटेशन कार्यक्रममा डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवद्र्धन आइएमई पे ले गर्ने भएको छ ।

नगरपालिकाले सबै सम्बद्ध ग्राहकहरूलाई करदाता परिचयपत्र वितरण गर्नुका साथै सबै करदाता ग्राहकहरूलाई डिजिटल भुक्तानी र अनलाइन कर भुक्तानीका लागि मार्गदर्शन गर्नेछ । भुक्तानी संयन्त्रको रूपमा सहभागिता जनाएको आइएमई पेले उक्त कार्यक्रममा ब्राण्ड प्रवद्र्धनका अतिरिक्त डिजिटल भुक्तानीमा देखिन सक्ने सजिला अप्ठ्यारा विषयमा सचेतनामूलक कार्यक्रम संचालन गरेको थियो । ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आइएमई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटल सोलुसन लिमिटेडले ‘आइएमई पे’ ब्राण्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउछँ र यसको मद्दतबाट सेवाग्राही आफैंले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्छन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने, विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानी, विद्युत तथा खानेपानीको महशूल भुक्तानी, लोकसेवा परिक्षार्थीहरुले बुझाउन पर्ने आवेदन दस्तुर, राहदानी दस्तुर भुक्तानी, आन्तरिक राजस्व विभाग तथा कार्यालयहरुको कर तथा राजस्व भुक्तानी, स्थानीय सरकार अन्र्तगतका नगर तथा वडा कार्यालयहरुलाई बुझाउन पर्ने राजस्व, कर तथा दस्तुर भुक्तानी, ट्राफिक जरिवाना लगायत स्कुल तथा कलेजको शैक्षिक शुल्क, इन्टरनेट सेवा, हवाई यातायात, केबलकार, बिमा, इएमआइ, पुँजीबजार आदि विभिन्न क्षेत्रहरुमा अनलाईन भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण नेपाली जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।

 

प्रकाशित समय १३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010