V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

देशको आर्थिक समस्या र समाधानको उपाय खोज्न इमानको पहल

अर्थतन्त्रसँग जोडिएका सबै क्षेत्रका प्रतिनिधिहरु भेला भए एउटै थलोमा

काठमाडौं । आर्थिक मिडिया सञ्चालक संघ, नेपाल (इमान) द्वारा आयोजित ‘अर्थतन्त्रका चुनौती र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय योजना आयोग सदस्य प्रा.डा. रामकुमार फुँयाल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, बैंक तथा वित्तीय संस्था सञ्चालक संघका अध्यक्ष पवन गोल्याण, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका (कल्याण), नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाललगायतले नेपालको वर्तमान अर्थतन्त्रमा देखिएका समस्या र समाधानको उपायका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा अन्य अतिथिहरुमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल, नेपाल पूँजीबजार फोरमका अध्यक्ष अम्बिका पौडेल, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा, नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डे, सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य, औषधि व्यवसायी संघका पूर्वअध्यक्ष लोकेन्द्र चापागाई, नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरलगायतका थिए ।

कार्यक्रममा बैंकर मनोज ज्ञवालीले अर्थतन्त्रको वर्तमान अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने अर्थतन्त्रका जानकार अनलराज भट्टराई र डा.चन्द्रमणि अधिकारीले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एसोसिएसन, राष्ट्रिय सहकारी महासंघ, नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल, ट्रेकिङ एसोसिएशन अफ नेपाल (टान), होटल एसोसिएशन नेपाल (हान), नेपाल बैदेशिक रोजगार व्यवसायी संघ, राष्ट्रिय सहकारी बैंक, नेपाल रेमिटर्स एसोसिएशन, मर्चेन्ट बैंकर एसोसिएशन, स्टक ब्रोकर एसोसिएशन, नेपाल सिमेन्ट उत्पादक संघलगायत विभिन्न व्यवसायिक संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

आर्थिक मिडिया सञ्चालक संघले देशमा भइरहेको समग्र आर्थिक स्थितिलाई एउटै थलोबाट सबै सरोकारवालामाझ कुरा पुर्‍याउने कार्यको नेतृत्व गर्ने उद्देश्य राखेको छ । आर्थिक मिडिया सञ्चालक संघ (इमान) को अध्यक्षमा केटीएम भ्वाइस डटकमका रोयल आचार्य, उपाध्यक्षमा दैनिकी डटकमका माधवप्रसाद तिवारी र अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा, महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल, उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की, सचिवमा क्रसचेक मासिकका टंक कार्की छन् । त्यसैगरी संस्थाको कोषाध्यक्षमा रोजगार मिडियाका फणिन्द्रप्रसाद दाहाल, सहसचिवमा आर्थिक प्लस डटकमका अमिर लामा र कार्यकारी सदस्यमा कर्पोरेट बजारकी अप्सरा गौतम छन् ।

 

प्रकाशित समय ००:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010