V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

साल्ट ट्रेडिङले महिनाभर चेतनामूलकरुपमा ‘आयोडिन मन्थ’ मनाउँदै

काठमाडौं । आयोडिनयुक्त नूनको प्रवद्र्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्य अनुरुप सन् २०२३ फेबु्रअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिनाको रूपमा ‘थोरै खाऔं, सही मात्रामा खाऔं, दुई बालबालिकाको चिन्ह अंकित आयोडिनयुक्त नून नै खाऔं’ भन्ने नारालाई साकार तुल्याउन यही माघ १८ गते अर्थात् १ फेब्रुवरी २०२३ देखि एक महिनाभरी सरकारले ‘आयोडिन मन्थ’का रुपमा मनाउने भएको छ । युनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ घोषणा गरी आयोडिन सम्बन्धी चेतनामूलक गतिविधि संचालन गरिदै आएको छ ।

आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरुमध्ये ‘भिजिवल गोइटर’ सन् १९८५/८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र सो हाल समुदायमा देखिएको छैन । नेपाल सरकारले दिएको निर्देशनअनुसार साल्ट ट्रेडिङ कपोरेशनले आयोडिनयुक्त नूनको आपूर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सह शताब्दी विकास लक्ष्यअनुरुप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पुर्‍याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेको एनएनएमएस सर्वेअनुसार ९१ प्रतिशत प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाइएको छ भने सन २०१६ मा नेपाल सरकारले गरेको एनडीएचएस सर्वेअनुसार ९४.५ प्रतिशत ५ वर्ष मुनिका वालवालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाइएको छ । अतः यस उपलब्धीलाई जोगाई राख्न सम्बन्धित सबै निकायहरुको ध्यान दिनु जरूरी देखिएको छ ।

आयोडिनको कमीबाट हुने शारीरिक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकीहरुमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतनामूलक सामग्री वितरण, प्रदर्शनी कक्ष राख्नेजस्ता गतिविधि महिनाभरी सञ्चालन गर्ने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले बताउनुभएको छ । नेपाल सरकारले विगत ५९ वर्षदेखी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई देशभर आयोडिनयुक्त नूनको आपूर्तिको जिम्मेवारी दिएको छ साल्ट ट्रेडिङ कपरिशन लिमिटेडले ग्रामीणस्तर सम्म आयोडिन सम्बन्धी चेतनामूलक गतिविधिका साथै दुई बालबालिका चिन्ह अंकित पाकेट नून सुलभ मूल्यमा बिक्री वितरण तथा जनचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

फेबु्रअरी १ देखि शुरु भएको आयोडिन मन्थमा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कूल झोला, टी–सर्ट तथा पम्पलेट जस्ता सामग्री वितरण गर्न विभिन्न विद्यालय तथा हाटबजारमा टोली खटाइएको समेत साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ । ती सबै कार्यक्रमहरुमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम सञ्चालन हुने पनि कर्पोरेशनका विभागीय प्रबन्धक झाले बताउनुभयो ।

प्रकाशित समय १०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010