V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

प्राइम बैंकका अध्यक्षद्वारा नेपाल क्यान्सर केयर फाउण्डेशनलाई उपकरण जडित भ्यान हस्तान्तरण

काठमाडौं । अर्बुद (क्यान्सर) रोग नेपालमा मात्र होइन, विश्व स्वास्थ्य क्षेत्रकै ठूलो चुनौतीको रुपमा देखिएको छ । अर्बौ डलर खर्चिएर थुप्रै अनुसन्धान कार्यहरु भइरहे पनि यस घातक रोगको उपचारका लागि उपयुक्त औषधिको पत्ता लगाउन सम्भव भएको छैन । तर, पनि समयमै यस रोगको पहिचान हुन सकेमा उपचार गराउन सम्भव भइरहेको आशा लाग्दो अवस्था पनि देखिएको छ । हाम्रो देशमा पनि दूर्गम गाउँ तथा कुना कन्दराको त के कुरा, शहरका टोल–टोलमा समेत पहिला नै आवश्यक नियमित जाँच गर्ने प्रचलन छैन । यसले गर्दा कतिपयले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था भोगिरहेको यहाँहरुलाई जानकारी नै छ । गाउँ तथा शहरी क्षेत्रका पनि महिलाहरु, विशेषगरी स्तन र पाठेघरको क्यान्सर, अझ बढि जोखिममा रहेका छन् ।

“नेपाल क्यान्सर केयर फाउन्डेसन” संस्थाले गाउँ तथा शहरी क्षेत्रमा पनि स्वास्थ्य पहुँच तथा चेतना कम भएका टोल टोलमा पुगेर महिलाहरुमा हुने स्तन र पाठेघर क्यान्सर परीक्षणमा ठोस योगदान पु¥याइरहेको परिप्रेक्षमा फाउण्डेशनको कार्यलाई सहजीकरण गर्न र परीक्षणको दायरा बढाउन परीक्षणका लागि आवश्यक यन्त्र उपकरण जडित मोबाइल भ्यान बैंकले एक समारोहका बीच बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले “नेपाल क्यान्सर केयर फाउन्डेसन”लाई हस्तान्तरण गर्नु भएको छ । बैंकको यो सानो सहयोगले हाम्रा आमा, दिदी, बहिनीलाई हुन सक्ने क्यान्सर रोगको समयमै निदान गर्ने र समयमै उपचार गर्न सहयोग गर्दा जनधनको क्षतिमा न्यूनीकरण गर्नसम्बद्ध सबैलाई उल्लेख्य सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौं ।

यहाँहरु सबैलाई विदितै छ, वाणिज्य बैंकहरु नाफामूलक संस्थाहरु हुन् । प्राइम बैंक पनि यस उद्देश्यबाट अलग छै्रन । तथापि यो बैंक सेवा सञ्चालनका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने शैली तथा तौरतरिकामा छुट्टै पहिचान बनाएर सञ्चालन भइरहेको एक अग्रणी वाणिज्य बैंक हो । बैंकहरुले सर्वसाधारण जनताबाट निक्षेप लिएर त्यसको संरक्षणकर्ताको भूमिका निर्वाह गरिरहेका हुन्छन् । बैंकहरुले जनताले चाहेको बखत निक्षेप फिर्ता दिनुपर्ने दायित्व बोकेका हुन्छन् । त्यसैले संस्थाको सञ्चालन खर्च कम गर्नुका साथै परियोजनाहरुको कुशलतापूर्वक छनोट गरी उनीहरुले जनताबाट लिएको निक्षेपलाई सावधानीपूर्वक लगानी गरिरहेका हुन्छन् । त्यस लगानीबाट नाफा प्राप्त हुन्छ र शेयरधनीहरुलाई प्रतिफल पनि दिइरहेका हुन्छन् ।

प्राइम बैंकले पनि आफ्नो स्थापनाकालदेखि नै निरन्तर नाफा कमाइरहेको छ र शेयरधनीहरुलाई लाभांश वितरण गरिरहेको छ । यही समाजमा रहेका हरेक तह र तप्काका जनतालाई प्रभावकारी सेवा उपलब्ध गराएर मुनाफा आर्जन गरेकोले उक्त मुनाफाको केही हिस्सा फेरि यही समाजमा समर्पित गर्ने पवित्र उद्देश्यले विगतदेखि नै यस बैंकले सेवामूलक काममा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । बाढीपहिरो, भूकुम्प नाकाबन्दी जस्ता प्राकृतिक विपत्तिमा होस अथवा शैक्षिक क्षेत्रमा पिछडिएका जनतामा जागरण ल्याउन बालबालिकाहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध गराउने तथा स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण उपलब्ध गराउनेमा होस् अथवा नेपाली सभ्यताको परिचयको रुपमा रहेका साँस्कृतिक सम्पदाहरुको जगेर्ना तथा जिर्णोद्वारमा होस, यस बैंकले ठोस एवं देख्न सकिने र दीर्घकालसम्म दिगो बन्न सक्ने मोडेलमा सहयोग गर्दै आएको जानकारी गराउन चाहन्छु ।

आज हामी अर्को यस्तै महत्वपूर्ण परोपकारी काम गर्न गइरहेका छौं । क्यान्सर रोग नेपालमा मात्र होइन, विश्व स्वास्थ्य क्षेत्रकै ठूलो चुनौतीको रुपमा देखिएको छ । अर्बौं डलर खर्चिएर थुप्रै अनुसन्धान कार्यहरु भइरहे पनि यस घातक रोगको उपचारका लागि उपयुक्त औषधिको पत्ता लगाउन संभव भएको छैन । तर पनि समयमै यस रोगको बारेमा थाहा पाउन सकिएमा उपचार गराउन संभव भइरहेको आशा लाग्दो अवस्था पनि देखिएको छ । हाम्रो देशमा पनि दुर्गम गाउँ तथा कुनाकन्दराको त के कुरा, शहरका टोल–टोलमा समेत पहिला नै आवश्यक नियमित जाँच गर्ने प्रचलन छैन । यसले गर्दा कतिपयले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था भोगिरहेको यहाँहरुलाई जानकारी नै छ ।

गाउँ तथा शहरी क्षेत्रका पनि महिलाहरु विशेषगरी स्तन, पाठेघर र ग्रीवा क्यान्सरको समस्याबाट पीडित रहेका छन् । यस “नेपाल क्यान्सर केयर फाउन्डेसन” संस्थाले गाउँ तथा शहरी क्षेत्रमा पनि स्वास्थ्य पहुँच तथा चेतना कम भएका टोल टोलमा पुगेर महिलाहरुको स्तन, पाठेघर र ग्रीवा क्यान्सर परीक्षणमा ठोस योगदान पु¥याउने कार्यक्रम राखेकोले हामीले यो अत्यन्तै आवश्यक काम हो भन्ने ठानेर परीक्षण थलोमा नै परीक्षण गर्ने गरी परीक्षण सामाग्रीहरु युक्त मोबाइल भ्यान उपलब्ध गराउने निर्णय गरेका हौं । हाम्रो यो सानो सहयोगले क्यान्सर रोगको समयमै निदान गर्ने र आवश्यक उपचार गर्ने काममा सम्बद्ध सबैलाई उल्लेख्य सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौं ।

प्रकाशित समय १९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010