1100×100 Nabil Advert

सेञ्चुरी बैंकले घोषणा गर्‍यो बोनश शेयर र लाभांश

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभासम्पन्न भएको छ । यो सभा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ९,५५,३९,०९,१९८.८९ को ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/७९ को वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचि पारित गरेको छ । यस साधारणसभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धी विशेष प्रस्तावसमेत पारित गरेको छ । चालु आ.व.को असोज मसान्तसम्म यस बैंकले कूल निक्षेप रु. ९७.२९ अर्ब र कर्जा रकम रु. ८७.४५ अर्ब परिचालन गरी रु. ३१.८५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रकाशित समय २०:१० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु