Health_Web_Ad

आइएमई पेले नयाँ एप प्रयोगकर्तालाई गृहप्रवेश अन्तर्गत सयमा सय बोनस दिने



काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफरअन्तर्गत १ सय रुपैयाँमा १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
यो स्किममा सहभागी बन्नका लागि आइएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्नेछ । प्रयोगकर्ताको व्यक्तिगत विवरण (केवाइसी) फारम भरी कुनै न कुनै माध्यबाट आइएमई पे वालेटमा १ सय जम्मा गर्नुपर्नेछ । त्यसमा तपाईंले १ सय नै बोनस रकम तत्काल प्राप्त गर्नुहुनेछ । यसका लागि केवाइसी फारम भेरिफाइड हुनुपर्नेछ । यसरी तपाइँको ‘आइएमई पे’ मा मौज्दाद हुन आउने रकमबाट मोबाइल रिचार्ज, घरयासी प्रयोगमा आउने सेवाहरू जस्तैः पानी, बिजुली, इन्टरनेटको महसुल एवम् सरकारी दस्तुर, टिकट आदिको भुक्तान घरमै बसीबसी आफ्नै मोबाइलबाट गर्नु सक्नुहुनेछ । यसका अतिरिक्त जुनसुकै स्थलगत क्यूआर कोड स्क्यानमार्फत भुक्तान गर्न सक्नुहुनेछ । यी सवै सेवाका लागि ‘आइएमई पे’ डाउनलोड गर्न अनिवार्य हुन्छ ।
यो योजना २०७८ वैशाख ८ गतेदेखि जेठ ७ गतेसम्म एक महिना नयाँ प्रयोगकर्ताहरूका लागि मात्र कायम हुनेछ । स्किमलाई व्यवस्थित ढंगले संचालन गरी आम सेवाग्राहीहरूको पहुँचसम्म पु-याउन कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । त्यस सम्बन्धि सम्पूर्णाधिकार कम्पनीमा नै निहित हुनेछ ।
झन्डै ३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैकिङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु-याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।

प्रकाशित समय १६:११ बजे

nlic_281px150pxl_1.gif

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु