1100×100 Nabil Advert

एनआईसी एशिया क्यापिटलमा डिम्याट खाता मात्र एक घण्टामा खोलिने

उपत्यका बाहिरबाट समेत अनलाइनमार्फत् नि:शुल्क डिम्याट खाता खोल्न सकिने

एनआईसी एशिया क्यापिटल लिमिटेडले विगत लामो समयदेखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गरी डिम्याट खाताको पहुँच आमजनता माझ पु-याउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । पछिल्लो समयमा कोरोना माहमारीको दोश्रो लहर फैलिने क्रम देखिएकोले, कोरोना संक्रमणबाट बच्न र समुदायमा फैलिन नदिन तथा उपत्यका बाहिरबाट डिम्याट खाता खोल्न साह्रै गाह्रो भएको भन्ने जनगुनासो बारम्बार सुनिएको हुँदा एनआईसी एशिया क्यापिटल लिमिटेडले उपत्यका बाहिरबाट अर्थात देशको सम्पूर्ण क्षेत्रबाट अर्थात्मार्फत सहजैरुपमा निःशुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था मिलाइएको छ ।
एन आई सी एशिया क्यापिटलले ‘एन आई सी एशिया अनलाइन डिम्याट सेवा’ उपत्यका बाहिरबाट समेत संचालन गरेको उपलक्ष्यमा २०७८ साल आषाढ मसान्तसम्म अनलाइनमार्फत डिम्याट खाता खोल्ने सम्पूर्ण ग्रहाकहरुलाई डिम्याट खाता निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । अनलाइनमार्फत् डिम्याट खाता खोल्नको लागि एन आई सी एशिया क्यापिटलको वेभसाइट www.nicasiacapital.com वा सोझै https://onlinedemat.nicasiacapital.com/#/ मा क्लिक गरी रितपूर्वक विवरण भरी उक्त विवरण ‘सक्सेसफुल सबमिशन’ भएको १ घण्टाभित्र डिम्याट खाता नम्बर उपलब्ध गराइने एनआइसी क्यापिटलले जनाएको छ । साथै उक्त एकघण्टाभित्र सुविधा आइतबारदेखि बिहीबारसम्म दिनको ४ बजे र शुक्रबार दिनको १ बजेसम्म उपलब्ध हुने व्यहोरासमेत अनुरोध छ । साथै हालको व्यवस्थाअनुसार डिम्याट खाता खोल्न स्वयम् व्यक्ति उपस्थित हुनुपर्ने भएको हुँदा अनलाइनमार्फत् डिम्याट खाता खोल्ने महानुभावहरुले खाता ‘सक्सेसफुल सबमिशन’ भएको मितिले १५ दिनभित्र एनआईसी एशिया क्यापिटल लिमिटेड वा आफूलाई पायक पर्ने कुनै पनि नजिकको एनआईसी एशिया बैंक लिमिटेडको शाखा कार्यालयमा सक्कल नागरिकता लिई स्वयंम उपस्थित हुनुपर्नेछ ।
छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको एनआईसी एशिया क्यापिटल लिमिटेडले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्गसम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १६:५९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु