1100×100 Nabil Advert

कोभिड-१९ को भ्याक्सीन लगाउनेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट

काठमाडौं । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर खोप लगाइसकेका आगन्तुकहरूलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । उक्त सुविधाका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने छ ।
कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यवद्वता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा शतर्कता अवलम्बनमा सचेतना अभिवृद्वि गर्ने कार्यमा यो योजना सहयोगी हुने विश्वास एम्पनीले लिएको जनाएको छ । यो योजना वैशाख ०९ गतेबाट शुरू भई जेठ १७ सम्मको लागि मान्य हुनेछ । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोटलगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरि हिल्स लिमिटेडले विकास गरिरहेको छ ।

प्रकाशित समय १०:३५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु