MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

सिभिल बैंकको निक्षेप तथा कर्जा दुवैमा बृद्धि, खराब कर्जाको अनुपात घट्यो

सिभिल बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जा तथा ऋण लगानी दुवैमा उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५४.६७ प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिसम्ममा ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ५४.२६ अर्ब निक्षेप संकलन गरी ५२.६५ अर्ब कर्जा प्रवाह गरेको थियो ।
सिभिल बैंकले यस आर्थिक वर्षमा निक्षेप तर्फ रु २७.७६ अर्व वृद्धि गरेको छ, जुनअसार मसान्तको निक्षेपको तुलनामा ४६ प्रतिशत को वृद्धि हो । बैंकको निक्षेपको वृद्धि अन्य वाणिज्य बैंकहरुको तुलनामा वृद्धि रकममा सातौं तथा प्रतिशत वृद्धिमा पहिलो स्थानमा रहेको छ । त्यसैगरी बैंकले कर्जातर्फ यस आर्थिक वर्षमा रु.२७.६२ अर्ब वृद्धि गरेको छ, जुनअसार मसान्तको कर्जाको तुलनामा ५१ प्रतिशतको वृद्धि हो । बैंकको कर्जाको वृद्धि अन्य वाणिज्य बैंकहरुको वृद्धिको तुलनामा वृद्धि रकममा दशौं तथा वृद्धि प्रतिशतमा पहिलो स्थानमा रहेको छ ।
तेस्रो त्रैमासको अन्तसम्म बैंकको ग्राहक संख्या ५ लाख ४१ हजार ९ सय ८२ पुगेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २४.७६ प्रतिशतले वृद्धि हो । गतवर्ष यही अवधिसम्म बैंकको ग्राहक संख्या ४ लाख ४२ हजार ४ सय ४२ थियो ।
सिभिल बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ । बैंकको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ६१.८१ प्रतिशतले घटाउन सफल भएको छ । गतवर्षको यही अवधिसम्म २.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर १.१३ प्रतिशतमा झरेको हो । बैंकले समीक्षा अवधिमा रु ५० करोड २५ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन गतवर्षको सोहीअवधिको तुलनामा ३९.३९ प्रतिशतले बढी हो ।

प्रकाशित समय १०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु