1100×100 Nabil Advert

बिओकेको परिष्कृत मोबाइल बैकिङ सेवा सञ्चालनमा

काठमाडौं । ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै बैंक अफ काठमाण्डू (बिओके)ले आफ्नो मोबाइल बैकिङ सेवालाई परिस्कृत गरेको छ । यस मोबाइल बैकिङ सेवापश्चात् ग्राहकलाई डिजिटल कारोबार गर्न अझ उत्साहित गर्ने विश्वास बैंकले लिएको छ । विश्व बैकिङ बजारमा निकै नै परिचित यस ओम्निच्यानल सेवा यस बैंक अफ काठमाण्डू लिमिटेडका खाताबाहक ग्राहकहरु तथा यस बैंकमा खाता नभएका सम्पूर्ण महानुभावहरुले उपयोग गर्न सक्नेछन् । यस परिस्कृत सेवाले हाल ग्राहकहरुले अनुभव गरिरहनु भएको विभिन्न समस्याहरुको निवारण गर्नेछ । हाल बैंकहरुले ग्राहक महानुभावहरुलाई प्रदान गरेको मोबाइल बैकिङ सेवा प्रयोग गर्न प्रयोगकर्ता महानुभावहरुले आफ्नो मोबाइलमा सम्बन्धित बैंकको एप डाउनलोड गर्नुपर्नेछ तर यस बैंकको परिस्कृत सेवा मोबाइल एपबाट मात्र नभई बिनाएप पनि प्रयोग गर्न सकिने छ ।
यस परिस्कृत सेवाबाट ग्राहकहरुले विभिन्न माध्यममार्फत् विभिन्न बैंक खाताहरुमा खाता नम्बर वा मोबाइल नम्बर प्रयोग गरी रकमान्तर गर्न, विभिन्न वालेटहरुमा रकमान्तर गर्न, मोबाइल, इन्टरनेट, टेलिभिजन, विद्युत, खानेपानी तथा टेलिफोन सेवाहरुको सेवा शुल्क भुक्तानी गर्न, ग्राहकहरु आफ्नो खाताको विवरण हेर्न, बैंकको विभिन्न सेवाहरुको बारेमा विस्तृत जानकारी लिन, ग्राहकहरुको समस्यालाई सम्बोधन गर्न बैंकको सम्बन्धित प्रतिनिधिहरुसँग भेटको लागि समय मिलाउन, डिजिटल टोकन लिई आफ्नो तोकिएको समयमा सेवा उपयोग गर्न, आफ्नो पासवड भुलवस बिर्सिएमा आफैंले परिर्वतन गर्न, बैंकको शाखा कार्यालय तथा एटिएम सेवाहरुको जानकारी लिन, विदेशी विनिमय दरको जानकारी लिन आदि सेवाको उपयोग गर्न सकिने छ ।

प्रकाशित समय १९:०० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु