MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

स्वरोजगार कोषले हजारौं रोजगारी सिर्जना गर्ने

काठमाडौं । स्वरोजगार कोषले विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुलाई स्वरोजगार बनाउने अभियानलाई तीव्रता दिइरहेको जनाएको छ । कोषका कार्यकारी उपाध्यक्ष
डा.कल्याण रोकाले सञ्चारकर्मीहरुमाझ कोषले के कस्ता कार्यहरु गरिरहेको छ भन्नेबारे जानकारी गराए । कोषले विगतभन्दा प्रभावकारी ढंगले काम गर्ने बताए ।
स्थानीय श्रोत साधनको समुचित प्रयोग हुने गरी मूलुकमा उपलब्ध जनशक्तिद्वारा स्वरोजगारमूलक व्यवसायिक परियोजना सञ्चालन गर्नका लागि स्थानीयस्तरमा सुलभ र सुरक्षित व्यवसायिक कर्जा उपलब्ध गराई उद्यमशिलताको विकास मार्फत मुलुकभित्र स्वरोजगारका अवसर सिर्जना गर्न विभिन्न कार्यक्रम घोषणा गरी सञ्चालनमा ल्याएको छ । मुलुकमा उपलब्ध जनशक्तिलाई आर्थिकरूपमा सक्षम, सामाजिक रूपमा जिम्मेवार, साँस्कृतिकरुपमा जागरुक एवं सिर्जनशील बनाई स्वरोजगार कार्यक्रमहरुमा उनीहरूको सहज पहुँच, प्रयोग र श्रोत परिचालन गर्न सक्ने अवस्था सिर्जना गरी अपनत्व र स्वामित्वको अनुभूति गराई स्वरोजगार–रोजगार सिर्जनाका कार्यक्रमलाई प्रभावकारी बनाउन युवा स्वरोजगार कोषका नियमित तथा थप कार्यक्रम र क्रियाकलापहरू संचालित भइरहेका छन् ।
आर्थिकरुपले विपन्न महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, सीमान्तकृत, लोपोन्मुख, अल्पसंख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, द्धन्द्ध पीडित तथा पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरीब किसान, मजदुर, सुकुम्बासी वा साना व्यवसायी एवं युवाहरु तथा परम्परागत सीप भएका जात जातिहरुलाई व्यवसायिक खेती, पशुपंक्षीपालन, कृषिजन्य उद्योग वा सेवामुलक स्वरोजगार कार्यक्रम संचालन गर्न सहुलीयत ब्याजदरमा प्रति व्यक्ति रु. दुई लाखसम्म आवधिक ऋण उपलब्ध गराई तिनीहरुको आय आर्जनमा बृद्घि गरी जीविकोपार्जनलाई सहज बनाउनु मुख्य उद्देश्य रहेको छ । त्यतिमात्र होइन, कोषले रिक्सा, अटोरिक्सा, ठेलागाडा व्यवसाय, दूधजन्य व्यवसाय, प्लम्बिङ, इलोक्ट्रोनिक्स तथा इेक्ट्रिकल, साना तथा घरेलु व्यवसाय, सिकर्मी तथा डकर्मी, रङ्ग रोगन, सिल्पकार, खुद्रा तथा किराना पसल सञ्चालन जस्ता स्वदेशी श्रम, सीप, ज्ञान एवम् सानो पूँजीबाट सञ्चालन गर्न सकिने स्वरोजगार कार्यमा ऋण उपलब्ध गराउने गर्दछ ।
त्यसैगरी स्थानीय सीप र कच्चा पदार्थमा आधारित तथा स्थानीय स्तरमा उत्पादन हुने बस्तुको व्यवसायीकरणमा योगदान पुग्ने कार्यक्रम सञ्चालन गर्ने गर्दछ । एक गाउँ एक उत्पादन र एक परिवार एक रोजगार जस्ता परियोजनामा लगानी गने, मूल्य श्रृंखला भएका व्यवसायहरुलाई प्राथमिकता दिने, व्यवसायिक कृषि, पशुपंक्षी पालन, माछापालन, वन, खानी तथा कृषिजन्य उद्योग र बहुमुल्य पत्थर उद्योग लगायतकाउच्च प्राथमिकतामा राख्ने, युवा व्यवसायीलाई स्वदेशमा नै साना तथा घरेलु व्यवसाय सञ्चालन गर्न अभिप्रेरित गर्दै स्वरोजगारका अवसरहरु स्वदेशमा नैंसिर्जना गर्दै आय आर्जनका लागि क्षमता अभिवृद्धि गर्ने एवम् गरिबी निवारण गर्ने, राष्ट्रिय लक्ष्यमा योगदान पुर्‍याउने लगायतका उद्देश्य कोषले राखेको छ ।

कुन–कुन क्षेत्रमा ऋण उपलब्ध हुने हुन्छन् ?
व्यवसायिक खेती तथा पशुपंक्षीपालन, दूधजन्य व्यवसाय, माछापालन, कृषि तथा वनजन्य उद्योग, घरेलुु तथा साना उद्योग तथा अन्य व्यापार व्यवसाय, शहर र बजार क्षेत्रमा रिक्सा, विद्युतीय रिक्सा, ठेलागाडा सञ्चालन लगायतका सेवामुलक स्वरोजगार व्यवसाय, परम्परागत सीपसँग सम्बन्धित व्यवसाय, होम स्टे, र्‍याफ्टीङसम्बन्धी व्यवसाय, स्थानीय कच्चा पदार्थ प्रयोग गरी सञ्चालन गरिने अन्य उद्योग व्यवसायमा ऋण उपलब्ध हुने गर्दछ ।

कोषबाट ऋण लिने प्रक्रियाहरु के–के छन् ?
कोषले तयार गरेकोे आशय पत्रको ढाँचा अनुसार कोषवाट व्यक्तिहरुलाई प्रस्ताव आव्हान गरिनेछ । कोषले तयार गरेको कर्जा प्रस्तावको सूचना अनुसार वित्तीय संस्था तथा सहकारी संस्थाहरुलाई कर्जा प्रस्ताव आव्हान गर्नेछ । प्राप्त प्रस्तावहरू ऋण लगानी गर्नकोषले छनौंट गरी स्वीकृत गर्नेछ । कोषले बैंक, वित्तीय संस्थालाई बढीमा रु. ५ करोडसम्म र सहकारी संस्थालाई बढीमा रु. १ करोडसम्म कर्जा दिन सक्नेछ । कोष र वित्तीय संस्था एवंम सहकारी संस्था बीच सम्झौता भएको रकमलाई कोषले वित्तीय संस्था एवंम सहकारी संस्थालाई पहिलो किस्ता ५० प्रतिशत, दोस्रो किस्ता ५० प्रतिशत गरी दुई किस्तामा वा आवश्यकताको आधारमा एउटै किस्तामा उपलब्ध गराइनेछ । आशय पत्रअनुसार वित्तीय संस्था एवंम सहकारी संस्थाले व्यक्तिलाई बढीमा रु.२ लाखसम्म कर्जा उपलब्ध गराउन सक्नेछ । समूहगत लगानी गर्नको लागि बढीमा १५ जनाको समूहमा प्रतिव्यक्ति रु.२ लाखभन्दा नबढ्ने गरी वित्तीय संस्था एवंम सहकारी संस्थाले सामूहिक रु.३० लाखसम्म लगानी गर्न सक्नेछ । कोषबाट संस्थाको खातामा जम्मा भएको मितिले व्यवसायको आधारमा बढीमा १ वर्षको गे्रस अवधि दिइनेछ । बैंक, वित्तीय संस्था र सहकारी संस्थाले परियोजनाको आधारमा कोषलाई बढीमा ५ बर्ष भित्र कर्जा भुक्तानी गरिसक्नु पर्नेछ । वित्तीय संस्था र सहकारी संस्थाले कोषलाई त्रैमासिक किस्ता अनुसार साँवा र ब्याज भुक्तानी गर्नु पर्नेछ । १८ वर्ष पूरा भई ६० वर्ष सम्मका लक्षित नेपाली नागरिकहरु यस कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

व्याजको दर र अनुदान कसरी उपलब्ध हुन्छ ?
कोषले बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरुलाईवार्षिक ४% भन्दा नबढ्ने गरी कर्जा लगानी गर्नेछ । बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरुले कोषको उदेश्य अनुसार व्यक्तिहरुलाई वार्षिक ८ प्रतिशतभन्दा नबढ्ने गरी लगानी गर्नेछन् । बैंक, वित्तीय संस्था तथा सहकारीसंस्था र कर्जाग्राहीको बीच भएको सम्झौता अनुसार कर्जाग्राहीले नियमित रुपमा किस्ता चुक्ता गरेपछि मात्र बुझाएको ब्याजको साठी (६०) प्रतिशतले हुन आउने रकम कोषले सम्बन्धित ऋणीलाई अनुदान स्वरुप उपलब्ध गराउने छ ।

व्यवसायीको जीवन बीमा र परियोजनाको बीमा दुवै
युवा स्वरोजगार कर्जा लिएका व्यवसायीहरुको जीवन बीमा तथा स्वरोजगार कर्जाबाट सञ्चालित परियोजनाको एकमुष्ठ बीमा हुनेछ । बीमा गर्दा लाग्ने प्रिमयिम वापतको खर्च युवा स्वरोजगार कोष मार्फत नेपाल सरकारले भुक्तानी गर्नेछ । बीमा गर्दा कोषले उपलब्ध गराएको बीमा प्रस्ताव फाराम तथा इलष्लिभ फाराम लगानी गर्ने संस्थाले पूर्ण रुपमा भर्नु पर्नेछ । बीमा भएको व्यवसायीको बीमा अवधिमा मृत्यु भएमा तथा परियोजना क्षती भएमा बीमा समितिले नियमानुसार क्षतिपुर्ति उपलब्ध गराउने छ । जसका लागि घटना घटेपछि तोकिएको समयमै बीमा कम्पनीमा लिखित जानकारी गराई आवश्यक कागजातहरु पेश गर्नु पर्नेछ ।

ऋण दुरुपयोग गर्नेलाई कारवाही
जुन उद्देश्य र प्रयोजनको लागि ऋण लिएको हो, सो वमोजिम कार्य नगरी ऋण दुरुपयोग गरेमा वा समयमा कर्जाको साँवा, ब्याज भुक्तानी नगरेमा प्रचलित कानुन वमोजिम ऋणीबाट साँवा, ब्याज असुल गरिनेछ । कर्जा नतिर्ने सहकारीका पदाधिकारी, सदस्यहरु तथा कर्जाग्राहीहरुको नाम कर्जा सूचना केन्द्रमा राखी त्यस्ता संस्था तथा व्यक्तिको नामावली खराब ऋणीलाई हुने कारवाही हुने, बैंक खाता रोक्का गर्ने, चल अचल सम्पति रोक्का गर्ने, राहदानी नदिने, कालो सूचिमा राख्ने, निर्वाचनमा उम्मेदवार बन्न नपाउने लगायत सरकारले उपलब्ध गराउने सम्पूर्ण सेवाबाट वञ्चित गर्ने जस्ता कारवाही गरिनेछ । यसका अतिरिक्त ऋणीको स्वामित्वमा रहेको जुनसुकै सम्पत्तिबाट समेत ऋण असुल उपर गर्न सकिनेछ ।

बजार व्यवस्था
उत्पादित वस्तुहरु स्थानीयस्तरमै खपत हुन सकुन भन्ने अभिप्रायले स्थानीय बजारमा खपत हुने वस्तुहरु उत्पादन तथा बजारीकरणमा लगानी गर्न प्रोत्साहन गरिने छ ।

कोषबाट सञ्चालन भइरहेका कार्यक्रम: स्वरोजगार कर्जा कार्यक्रम

स्वरोजगार कर्जा कार्यक्रम कोषले स्थापनाकालदेखि नियमितरुपमा सञ्चालन गरिरहेको कार्यक्रम हो । हाल कोषले नियमितकर्जा लगानी गर्ने तरिकामा केहि परिवर्तन गरेको छ । यसभन्दा अगाडी कर्जा लगानी गर्दा बैंक, वित्तिय तथासहकारीलाई नै व्यवसायी छनौट गर्ने अधिकार रहेकोमा चालु आर्थिक वर्षबाटस्वारोजगार कोषलेनै व्यवसायी छनौट गरी बैंक, वित्तिय तथा सहकारीमार्फत कर्जा लगानी गर्ने कार्य शुरु गरेकोे छ । स्वरोजगार कोषले आ.व. ०७७÷०७८ मा ७७ हजार ६ सय २८ जनालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ भने सो का लागि ९ अर्ब ६३ करोड ५९ लाख रकमको व्यवस्था गरेको छ । स्वरोजगार हुनेहरुका लागि व्याज अनुदानस्वरुप १२ करोड ४८ लाख ११ हजार २५५ रुपैयाँ निकासा गर्ने लक्ष्य लिएको छ ।

नयाँ कार्यक्रमहरु सञ्चालन गर्ने
सहकार्यमा आधारित साझेदारी कार्यक्रम
स्थानीय श्रोत साधनको समुचित प्रयोग हुने गरी मुलुकमा उपलब्ध जनशक्तिद्वारा स्वरोजगार मूलक व्यवसायिक परियोजना सञ्चालन गर्नका लागि प्रदेश र स्थानीय तह अन्तर्गतका नगरपालिका, गाउँपालिकाहरु र समान उदेश्य बोकेका स्वरोजगार तथा रोजगारसँग जोडिएका संघ संस्थाहरुसँगसहकार्यमा आधारित साझेदारी कर्जा लगानी कार्यक्रम मार्फत सुलभ व्यवसायिक कर्जा उपलब्ध गराई उद्यमशिलताको विकास मार्फत मुलुकभित्र स्वरोजगारका अवसर सिर्जना गर्न कोषले सहकार्यमा आधारित साझेदारी कर्जा लगानी कार्यक्रमसञ्चालन गरी स्थानीय तहको स्वरोजगार सिर्जना सम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाईने छ ।
कोषले स्वरोजगार तथा रोजगार सृजना गर्नका लागि प्रदेश, नगरपालिका, गाउँपालिकासँग बढिमा ३.५ प्रतिशत ब्याज दरमा कर्जा लिनेछ । प्रदेश सरकार , नगरपालिका, गाउँपालिकासँग लिएको कर्जामा कोषले आवश्यकताको आधारमा रकम थप गरी सम्बन्धित प्रदेश, नगरपालिका, गाउँपालिकामा स्वरोजगार तथा रोजगार सृजना गर्न बैंक, वित्तीय संस्था र सहकारी संस्था मार्फत कर्जा लगानी गर्नेछ ।

कोशी इकोनोमिक करिडोर कार्यक्रम
विश्वमा मानव सभ्यता तथा वस्तीको विकास नदीको छेउछाउ, किनारबाट भएको पाईन्छ । भारतको व्रम्हपुत्र, चीनको हवाङ्हो, अफ्रिकाको नाइल, दक्षिण अमेरिकाको अमेजन नदी आदि मानव सभ्यता विकास एवं आर्थिक समृद्धिका लागि ऐतिहासिक केन्द्रविन्दु मानिदै आएका छन् ।
सप्तकोशी नदी तथा उक्त नदीमा सहायक नदीहरुका किनारको आसपास )नदी किनारबाट एक किलामिटर भित्र) मा नदीले छोएका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयपुर, सप्तरी, भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, सुनसरी गरी १७ जिल्लामा माछापालन, लोकल हाँस–कुखुरापालन, बंगुरपालन, बाख्रापालन, होमस्टे, र्‍याफ्टीङ व्यवसाय, आलु खेती, केरा खेती, बगर खेती, गोलभेडा, अदुवाखेती, काउली, बन्दा, गाई भैँसीपालन, बेसार खेती आदि व्यवसायमा कर्जा उपलब्ध गराई स्वरोजगार कार्यक्रम संचालन गरिनेछ ।

भेरी–कर्णाली इकोनोमिक करिडोर कार्यक्रम
भेरी–कर्णाली नदी किनारको आसपासका १७ जिल्लाहरु (जुम्ला, मुगु, डोल्पा, कालिकोट, दैलेख, सुर्खेत, जाजरकोट, अछाम, डोटी, बझाङ, बाजुरा, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, कैलाली तथा वर्दिया) मा तरकारी खेती, पशुपालन, पंक्षीपालन, फापर-काउनो खेती, माछापालन, राता चामल, फलपूल खेती, होमस्टे-होटल, र्‍याफटिंग, अन्य स्थानीय व्यवसायआदि मार्फत स्वरोजगार सृजना गर्र्न महत्वपूर्ण कार्यक्रम हो ।

काठमाडौं उपत्यका स्वरोजगार कार्यक्रम
काठमाडौं उपत्यकामा रहेका महानगरपालिका, नगरपालिका र समान उदेश्य बोकेका स्वरोजगार तथा रोजगारसँग जोडिएका संघ संस्थाहरुसँग समन्वय र साझेदारी गरी पार्क, चोक, गल्ली, सपिङ मल लगायतका ठाउँहरुमा ठेलागाडामा फास्टफुड, तरकारी तथा फलफुल, दुग्धजन्य उत्पादन बिक्री आदि कार्यका लागि कर्जा उपलब्ध गराइनेछ ।

तराई–मधेश स्वरोजगार कार्यक्रम
तराईका २१ जिल्ला (कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ्ग, कपिलवस्तु, नवलपरासी, रुपन्देही, चितवन, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ्ग, झापा, उदयपुर) मा कोषले भकारी प्रविधियुक्त माछापालनमा लगानी गरी स्वरोजगारका अवसरहरु सिर्जना गरिनेछ । त्यसैगरी अटोरिक्सा, ठेलागाडामा दुग्धजन्य व्यवसाय, फलफुल, तरकारी, चटपटे, फास्ट फुड लगायतका अन्य व्यवसाय र गाईभैंसीपालन आदि व्यवसायमा स्वरोजगारका अवसरहरु सृजना गर्ने प्रविधिमा लगानी गरी स्वरोजगारका अवसरहरु सिर्जना गर्नकर्जा उपलब्ध गराइने छ ।

अन्य स्वरोजगार कार्यक्रम
कोषको कानूनी र वित्तिय सीमा भित्र रही देश भित्रका स्रोत साधन र श्रमको प्रयोग गरी आत्मनिर्भर जीवीका र अर्थतन्त्र निर्माणमा योगदान पु¥याउने जुनसुकै कार्यक्रमहरु सञ्चालन गर्न सक्नेछ ।

प्रकाशित समय १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु