मेगा बैंकले प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयलाई सस्तो ब्याजदरमा कर्जा दिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ । प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा एक करोड रुपैयाँसम्मको कर्जा सुविधा प्रदान गर्ने सम्झौता बैंकसँग भएको हो । सम्झौताअनुसार प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालय, शिक्षक र अभिभावकहरुले समेत विभिन्न सुविधा पाउन सक्नेछन् ।
प्रकाशित समय १५:४० बजे