नबिल बैंकले शेयर धितो राखी सस्तोमा ऋण दिने



नबिल बैंकले शेयर धितो राखी सस्तोमा ऋण दिने
काठमाडौं । नबिल बैंकले शेयर धितो राखी सस्तोमा ऋण दिने भएको छ । नेपाल धितोपत्र बजारमा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा उपलब्ध गराउन शुरु गरिएको बैंकले जनाएको छ । ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७ दशमलव ७५ प्रतिशतको आकर्षक ब्याजदरमा उपलब्ध छ । आगामी दशैंको अवसरमा राष्ट्र बैंकको मार्गनिर्देशनभित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
नबिल बैंकका देशभरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवातगर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो । बैंकले नेपालको बैकिङ्ग विकासको इतिहासमा कोशेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यसले ग्राहकको सन्तुष्टिसहित आधुनिक बैकिङ युगको शुरुवात गर्नु आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्नेतर्पm केन्द्र्रित गरेको छ ।

प्रकाशित समय १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु