एनएमबि बैंकले जडिबुटी व्यवसायीहरुलाई सघाउने



एनएमबि बैंक लिमिटेड र जडिबुटी व्यवसायी संघ नेपालबीच संघका सदस्यहरूको क्षमता अभिवृद्घि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियतसहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र जडिबुटी व्यवसायी संघ नेपालका तर्फबाट अध्यक्ष विष्णु भण्डारीले हस्ताक्षर गरेका हुन् ।
एनएमबि बैंकले देशको दीगो विकासमा टेवा पु¥याउने क्षेत्रहरु जस्तै साना तथा मझौला उद्योग, कृषि, जलश्रोत लगायत उद्यमशीलता विकासमा स्थानिय स्रोत र साधनलाई परिचालन गरेर सहुलियतपूर्ण कर्जा प्रदान गर्दै आएको छ । एनएमबि बैंकले हाल देशभरी १६७ शाखा, १३१ एटीएमहरू, ५ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रकाशित समय १८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु