एनएमबि बैंकले शुरु ग-यो ‘एनएमबि ग्रिन फिक्सड डिपोजिट’

काठमाडौं । मूल्य र मान्यतामा आधारित बैंकिङ्गमा अग्रसर हुँदै एनएमबि बैंकले एनएमबिग्रिन फिक्सड डिपोजिट शुरु गरेको छ, जहाँ ग्राहकहरुले आफ्नो प्रत्येक नयाँ एनएमबि ग्रिन फिक्सड डिपोजिटसँगै आफ्नो नाममा विरुवा रोपाउन पाउनेछन् । ‘वातावरणीय संरक्षणलाई सघाउ पु-याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकको नयाँ फिक्सड डिपोजिट’ आकर्षक सुविधाहरुको साथ प्रस्तुत गरेको छ । जसमा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको शतप्रतिशत कर्जा प्रदान गरिनेछ । एनएमबि ग्रिन फिक्सड डिपोजिट ब्यवसाय र हाम्रो वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने हाम्रो सचेत प्रयास हो । यस योजनाले हाम्रो मूल्यवान ग्राहकवर्गलाई उक्त प्रतिफल प्रदान गर्ने मात्र नभई मानवीय जिम्मेवारी पनि प्रदान गर्छ जुन हामी बस्ने वातावरणलाई सुरक्षित तुल्याउन सक्दछौं’ बैंकले उल्लेख गरेको छ ।
प्रकाशित समय ११:३३ बजे