MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

कोरोना भाइरस १९७ देशमा फैलियो

इटालीमा सबैभन्दा बढीको ज्यान गयो

काठमाडौं । पछिल्लो तथ्यांकअनुसार विश्वभरका १९७ देशमा कोरोना भाइरसले प्रभाव पारिसकेको छ । जसबाट कूल ४ लाख २२ हजार ७ सय ८५ प्रभावित भएका छन् भने ज्यान गुमाउनेको संख्या १८ हजार ९ सय ३ पुगेको छ । १ लाख ९ हजार १ सय २ जना यो रोगको उपचार गराई फर्किएका छन् ।
कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीका जनताले ज्यान गुमाउनु परेको छ । इटालीमा मात्रै ६ हजार ८ सय २० जनाले ज्यान गुमाएका छन् । चीनको वुहान शहरबाट शुरु भएको यो भाइरसले चीनमा ३ हजार २ सय ८१ को ज्यान गएको छ । जबकि इटालीमा त्यसको दोब्बरभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
त्यसैगरी स्पेनमा २ हजार ९ सय ९१ जनाको ज्यान गएको छ । त्यस्तै इरानमा १ हजार ९ सय ३४ जनाले ज्यान गुमाएका छन् । उता दक्षिण कोरियामा भने यसको प्रभाव क्रमशः घट्दै गएको छ । त्यहाँको सरकारले अत्यन्तै दु्रतगतिमा काम गरेका कारणले करिब ९ हजारको हाराहारीमा प्रभावित भए भने १ सय २६ जनाले ज्यान गुमाएका छन् । अहिले दक्षिण कोरियामा यसको नियन्त्रण निकै प्रभावकारी देखिएको छ ।
नेपालमा भने यसअघि नै एक जना प्रभावित भएका थिए । उनी ठीक भइसकेको जनाइएको छ । पछिल्लो पटक पुनः फ्रान्सबाट आएका एक १९ वर्षीया युवतीलाई कोरोनाको संक्रमण देखिएको छ । उनलाई आइसोलेशनमा राखेर उपचार भइरहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् ।
पछिल्लो पटक कोरोनाको संक्रमणबाट बढी प्रभावित हुने देशहरुमा अमेरिका, जर्मन, फ्रान्स, स्वीट्जरल्याण्ड, युके, नेदरल्याड, अष्ट्रिया, बेल्जियम, नर्वे, क्यानडा, पोर्चुगल, अष्ट्रेलिया, स्वीडेन, ब्राजिल, इजरायल, टर्की, मलेशिया, जर्मन, जापान, डेनमार्क, आयरल्याण्ड, लक्जमबर्ग, इक्वेडर, पाकिस्तान, चिली, पोल्याण्ड, थाइल्याण्ड, रोमानिया, फिनल्याण्ड, साउदी अरेबिया, ग्रिस, इण्डोनेशिया, आइसल्याण्ड, इण्डिया, सिंगापुर, साउथ अफ्रिका, फिलिपिन्स, कतारलगायतका मुलुकहरु रहेका छन् ।
नेपालमा फैलन नदिन के गर्ने ?
सरकारले नेपाललाई ‘डकडाउन’ घोषणा गरेको छ । अत्यावश्यक सेवाबाहेक सबै क्षेत्र बन्द भएका छन् । नेपालमा यसको प्रभाव धेरै फैलिन पाएको छैन अहिलेसम्म । त्यसैले नेपालमा यो भन्दा बढी फैलन नदिन सरकारले गरेको निर्णयको कार्यान्वयनमा सम्पूर्ण नेपाली सचेत होऔं । सबैभन्दा राम्रो उपाय भनेकै घरमै बस्ने हो । केही समयका लागि आफ्नो बानी–व्यवहारमा परिवर्तन गरौं । भेटघाटलाई पूर्णरुपमा बन्द गरौं । यो रोग लागेमा अन्य कुनै पनि प्रकारको आधिकारिक औषधि उपलब्ध छैन । संसारमा सबैभन्दा शक्तिशाली भनिएका मुलुकहरुका लागि त यो समस्या ठूलो चुनौतीको विषय बनेको छ भने हाम्रोजस्तो देशमा यसले भयावह रुप लिन नपाओस् भनेर तपाई–हामी सबै सजग हुनैपर्छ । त्यसैले यसको नियन्त्रणको सबैभन्दा ठूलो उपाय भनेकै ‘घरमै बसौं, कसैसँग भेटघाट नगरौं’ नै हो ।
यदि घरबाहिर निस्कनैपर्ने बाध्यता भए अनिवार्यरुपमा मास्क प्रयोग गरौं । कसैसँग हात नमिलाऔं । पटक–पटक साबुन पानीले हात धोऔं । स्यानिटाइजरको प्रयोग गरौं । सरकारले दिएका निर्देशनहरुलाई पूर्णरुपमा पालना गरांै ।

प्रकाशित समय १०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु