1100×100 Nabil Advert

नेपाल इन्स्योरेन्सको सेवा इलेक्ट्रोनिक माध्यमबाट लिन सकिने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)ले विश्व नै आक्रान्त छ । पछिल्लो तथ्यांकअनुसार यसले १९९ देशमा प्रभाव पारिसकेको छ । नेपालसमेत यसबाट अछुत छैन । नेपाल यतिबेला डकडाउनमा छ । कोरोनाको कुनै पनि आधिकारिक औषधि अहिलेसम्म नबनेको हुनाले यसको फैलावट रोक्ने एकमात्र उपाय भनेको घरमै बस्ने हो । कोही कसैसँग भेटघाट नगर्ने र एकबाट अर्कोमा सर्नै नदिनु जरुरी छ । त्यसको पालना सबै व्यक्तिबाट गरौं ।
तर व्यक्तिगत भेटघाट नगरिए पनि कतिपय सेवाहरु इलेक्ट्रोनिक माध्यमबाट सेवाहरु प्रवाह गर्न सकिने छ । त्यसैलाई मध्यनजर गर्दै बीमा सेवा प्रदायक कम्पनीहरुले काम गरिरहेका छन् । त्यसैमध्ये नेपाल इन्स्योरेन्सले विद्यमान कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारबाट जारी ‘लकडाउन’ अवधिभर बीमा सेवालाई निरन्तरता दिनका लागि नेपालको बीमा नियमनकारी निकाय बीमा समितिबाट यही चैत्र १३ गते जारी परिपत्र बमोजिम बीमा अवधि समाप्त भएको बीमालेखहरुको हकमा सम्बन्धित बीमितका विद्युतीय माध्यमबाट प्राप्त लिखित अनुरोधको आधारमा बीमालेख समाप्त हुनुअगावै नेपाल इन्स्योरेन्स कम्पनीका सम्बन्धित शाखाको इमेल ठेगाना वा ur@nepalinsurance.com.np मा बीमालेख नवीकरणको लागि ईमेल गर्न बीमितहरुमा अनुरोध गरेको छ । कम्पनीका शाखा प्रमुखहरुको इमेल ठेगाना कम्पनीको वेवसाइट www.nepalinsurance.com.np मा समेत उल्लेख गरिएको नेपाल इन्स्योरेन्सका डीजीएम विक्रान्त पाण्डेले जनाएका छन् ।

पाण्डेले कोरोना भाइरस नियन्त्रणका लागि सजग रही जिम्मेवार भूमिका निर्वाह गर्नसमेत आग्रह गरेका छन् ।

प्रकाशित समय १३:३० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु