V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

सिभिल बैंकको नयाँ शाखा अत्तरखेलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले काठमाडौं जिल्लाको अत्तरखेलमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ ।
अत्तरखेल शाखाको समुद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा सिभिल बैंकका सञ्चालक समितिका सदस्य भीमानन्द ढुङ्गानाले संयुक्त रुपमा गर्नुभयो । नेपाल सरकारद्वारा कोरोना रोगबाट बच्नका लागि जारी गरिएको सूचनालाई पालन गर्दै पूर्व निर्धारित उद्घाटन समारोहलाई स्थगित गरी अनौपचारिकरुपमै अत्तरखेल शाखाको उद्घाटन गरिएको थियो ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ओख्रेनी माध्यमिक विद्यालय, सुन्दरीजल, काठमाण्डौंलाई विद्यालयको ई–लाईव्रेरीको लागि १ थान कम्प्युटर तथा श्री रामजानकी आधारभूत विद्यालय, नयाँपाटी, काठमाण्डौका विद्यार्थीहरुका लागि ५० थान स्कूल ब्याग हस्तान्तरण गरियो । सो कम्प्युटर तथा स्कूल ब्याग सिभिल बैंकका सञ्चालक समितिका सदस्य भीमानन्द ढुङ्गानाद्वारा सम्बन्धित विद्यालयका पदाधिकारीलाई प्रदान गरियो ।
गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले अत्तरखेलमा शाखा स्थापनासँगै व्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकूल वातावरणलाई प्रोत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिंदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफूलाई आवश्यक पर्ने पूँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफूसँग भएको सानो–सानो पूँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे ।
उक्त समारोहका सभापति तथा सिभिल बैंकका सञ्चालक समितिका सदस्य भीमानन्द ढुङ्गानाले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिताबिना आर्थिक समृद्धि सम्भब नहुने बताए ।
हालसम्म ४ लाख ३० हजारभन्दा बढी ग्राहकहरु रहेको करिव ५४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करिब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोे सिभिल बैंकको ११३ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैकिङ सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएका बैंकले जनाएको छ ।

प्रकाशित समय २१:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010