V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

ग्लोबल आइएमई बैंकको डिजिटल माध्यमबाट शंकरदेव क्याम्पसको शुल्क भुक्तानी गर्न मिल्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक र शंकरदेव क्याम्पसबीच क्याम्पसका विद्यार्थीहरुले इन्टरनेटको प्रयोग गरी विभिन्न माध्यमबाट शुल्क भुक्तानी गर्न सकिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री र शंकरदेव क्याम्पसका प्रमुख कृष्णप्रसाद आचार्यले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात शंकरदेव क्याम्पसमा अध्यनरत सम्पूर्ण विद्र्यार्थीहरुले कलेजलाई भुक्तानी गर्नुपर्ने शुल्क अब बैंकको मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।
समयसापेक्ष डिजिटल बैंकिङ्ग सेवालाई प्रवद्र्धन गर्ने उद्देश्यअनुसार ग्लोबल आइएमई बैंकले विभिन्न संघ–संस्थाहरुलाई आफ्नो भुक्तानी संकलन गर्नका लागि प्रविधिमैत्री सुविधा उपलब्ध गराउँदै आइरहेको छ । शंकरदेवसँगको यस सहकार्यमार्फत सो क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई शुल्क भुक्तानी गर्नकै लागि बैंक जानुपर्ने बाध्यता हट्ने छ भने विद्यार्थीहरुको समय पनि वचत हुने अपेक्षा राखिएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
बैंकले देशैभर रेहेका शाखा सञ्जाललगायत ३८ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २५६ एटिएम, २४९ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ अष्ट्रेलिया, बेलायत र भारतका प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत् आफ्ना १९ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010