सर्वसाधारण र कर्मचारीलाई लक्षित गरी सिटिजन्स बैंकका दुई बचत खाता सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ दुई नयाँ खाता सार्वजनिक गरेको छ । ५ हजार रुपैयाँमा खाता खोल्न मिल्ने ‘सिटिजन्स संरक्षित बचत खाता’ मा दैनिक मौज्दातमा वार्षिक ६.५ प्रतिशतको उच्च ब्याजदर प्रदान गर्नुका साथै स्वास्थ्य र दूर्घटना मृत्यु बीमाको लाभसमेत प्राप्त गर्नसक्ने जनाएको छ । यो योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति ५० हजार रुपैयाँको स्वास्थ्य बीमा अर्थात् अस्पताल भर्ना खर्च र ५ लाख रुपैयाँसम्मको दूर्घटना मृत्यु बीमा गरिएको छ । सो बराबरको दाबी भुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध हुनेछ । साथै, शून्यमा नै खाता खोल्न मिल्ने तथा दैनिक मौज्दातमा वार्षिक ६.५ प्रतिशत ब्याजदर प्रदान गरिने ‘सिटिजन्स तलब बचत खाता’ कर्मचारीहरूको तलब व्यवस्थापनको लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ । यो योजनामा संलग्न हुने सम्पूर्ण कर्मचारीको निम्ति २५ हजार रुपैयाँको स्वास्थ्य बीमा अर्थात् अस्पताल भर्ना खर्च र ३ लाख रुपैयाँसम्मको दूर्घटना मृत्यु बीमा गरिएको छ । सो बराबरको दाबी भुक्तानी गर्ने सुविधा यस खाता बाहकलाई उपलब्ध गराइने छ । उत्कृष्ट सेवा प्रदान गर्ने हेतुले बैंकले यी दुवै योजनाअन्तर्गत सहभागी भएका ग्राहकहरुका लागि विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ । यी दुबै योजनामा निःशुल्क भिजा डेबिट कार्ड, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क आस्वा सेवा, निःशुल्क सिटिजन्स स्मार्ट बैकिङ सुविधा (मोबाईल), अनलाइन कारोवार गर्न सुरक्षित थ्री डी सेक्युर प्रविधिमा निःशुल्क दर्ता, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्ट/स्विफ्ट जारी गर्दा ५० प्रतिशत छुट, नेपालभरका जुनसुकै एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने जस्ता अनेकन आकर्षक सहुलियतहरु उपलब्ध छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९१ वटा एटिएम र १०३ वटा शाखारहित बैकिङ्ग एकाईहरुबाट पाँच लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामान वा सुविधा खरीद गर्दा २० प्रतिशतसम्म नगद फिर्ता हुने योजना सञ्चालनमा रहेको प्रवक्ता उमंगल शर्माले जनाएका छन् ।
प्रकाशित समय १३:०३ बजे