V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

सांग्रिला डेभलपमेण्ट बैंकले ८.९५ प्रतिशत लाभांश दिने

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले आफ्ना शेयरधनीहरुलाई ८.९६ प्रतिशत लाभांश दिने भएको छ । आज सम्पन्न बैंकको १५ औं वार्षिक साधारण सभाले सो प्रस्तावलाई पारित गरेको हो । उक्त साधारण सभाले आ. व.२०७५/०७६ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७६ आषाढको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण तथा विस्तृत आयको विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४ सय रुपैयाँका को ८.९५९३ (कर सहित)ले हुन आउने २३ करोड ३५ लाख ३७ हजार २ सय ९६ रुपैया ९६ छयानब्बे पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले स्वीकृत गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जनाएका छन् । सांग्रिला डेभलपमेण्ट बैंकका हाल देशभर ८९ शाखा कार्यालयहरु, २६ एटिएम रहेका छन् ।

प्रकाशित समय १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010