V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

‘भृकुटीमण्डप जुत्ता सेल मेला’ शनिबार सकिंदै

विशेष छुटको अवसर नगुमाउन आयोजकको आग्रह

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित ठूलो चौरमा लागिरहेको ‘भृकुटीमण्डप जुत्ता सेल मेला’ शनिबार सकिने भएको छ । विभिन्न आठवटा प्रख्यात स्वदेशी उद्योगहरुमा उत्पादित गुणस्तरीय जुत्ता–चप्पलहरुको मेला शनिबार सकिने आयोजकले जानकारी दिएका छन् । शनिबार मेला सकिने भएपछि शुक्रबार र शनिबार अधिकतम छुट प्रदान गरेर सम्पूर्ण जुत्ताचप्पलहरु बिक्री गरिने आयोजकले जानकारी दिएका छन् ।

चर्चित स्वदेशी ब्राण्डका उत्पादनहरूको लोकप्रियता बढेसँगै एकदमै सस्तो पाइएपछि मेलामा जुत्ताचप्पल किन्नेहरुको भीड नै लाग्न थालेको छ । ख्यातिप्राप्त नेपाली ब्राण्डका गुणस्तरीय, बलिया, आकर्षक र फ्रेस जुत्ताचप्पलहरू उत्पादन मूल्यभन्दा सस्तो मेलामा उपलब्ध गराइएपछि मेलामा हजारौंको भीड लाग्ने गरेको छ । एक हजारभन्दा बढी विभिन्न आकर्षक मोडलका जुत्ताचप्पलहरू उपलब्ध गराइएको जुत्ता सेल मेलामा सर्वसाधारणमात्र होइन, कर्मचारी, सेलिबे्रटी कलाकारहरुको समेत उपस्थितिले मेला आयोजक दंग छन् ।
जुत्ता सेल मेला आयोजक प्रमोद महतोले भने– ‘हामीले शुक्रबार र शनिबार अधिकतम छुटमा जुत्ता चप्पल दिंदैछौं । हाम्रा कम्पनीबाट उत्पादन गरेर यहाँ ल्याइएका जुत्ताचप्पल हरेक ग्राहकका खुट्टा–खुट्टामा पुगुन्, त्यो पनि अधिकतम सरल मूल्यमा भन्ने नै हो ।’
मेलामा सबै उमेर र तहका मानिसहरुलाई हुने खालका गुणस्तरीय र सुलभ मूल्यमा जुत्ता–चप्पल पाइने भएपछि ग्राहकहरुको भीड बढेकोमा मेला आयोजक हर्षित भएका छन् । ‘कतिपय जुत्तामा त ७५ प्रतिशतसम्म छुट दिइएको रहेछ, आफ्नो लागि जुत्ता किन्न आएको थिएँ, श्रीमती र छोरीका लागि समेत किनिदिएँ’ तीन जोर जुत्ता खरिद गरेका नविन काफ्लेले खुशी हुँदै भने ।
जुत्ता सेल मेलामा जुत्ता खरिद गर्न आएका नेपालकै चर्चित फिल्म निर्माता÷निर्देशक तुलसी घिमिरेले भने– यति क्वालिटीका जुत्ता मेलामै सरल मूल्यमा दिइएको रहेछ, म त अत्यन्तै खुशी छु । प्रायः मैले मेलामै जुत्ता खरिद गर्ने हो । यसअघि पनि मैले उहाँहरुले सञ्चालन गर्नुभएको जुत्तामेलामै जुत्ता खरिद गर्ने गर्दथें । सस्तो, आकर्षक, गुणस्तर र टिकाउ भएकै कारण म फेरि पनि यो मेलामा आएको हुँ ।’

अर्का मेला आयोजक रामहरि तोलाङ्गले भने– ‘हाम्रो जुत्ता सेल मेलामा ‘रिजनेवल प्राइस’मा नयाँ–नयाँ मोडलका जुत्ता–चप्पलहरु उपलब्ध गराएका छौं । हामीले फ्याक्ट्रीमा उत्पादन गर्दा लाग्ने लागत मूल्यमै यहाँ जुत्ता दिएपछि ग्राहकहरुले रुचाइदिनुभएको छ । त्यो नै खुशीको कुरा हो ।’
ग्राहकहरुलाई एकपटक आएर मेला अवलोकन गर्न आग्रह गर्दै अर्का मेला आयोजक जीवन श्रेष्ठले भने– ‘नेपालका प्रख्यात ब्राण्ड पिजी सुज, बेम्बो सुज, फुटस्टेप सुज, बोस सुज, भेनस सुज र केटिएम सुजका गुणस्तरीय र स्टाइलिस जुत्ताचप्पल मेलामा उपलब्ध छन् । मेलामा पार्टी सुजहरू र जाडोका लागि नयाँ डिजाइनका गुणस्तरीय जुत्ता पनि उपलब्ध गराइएको छ । मूल्यको त झन् कुरौ नगरौं । सबै जुत्तामा ६ महिनाको वारेन्टीसमेत उपलब्ध गराइएको छ ।’
श्रेष्ठले भने– हामीले ‘स्टक क्लियरेन्स’का लागि सेल मेलाको आयोजना गरेका होइनौं । हाम्रो उद्देश्य भनेको हरेक नेपालीको खुट्टामा गुणस्तरीय स्वदेशी जुत्ता आफूले सोचेकै मूल्यमा खरिद गर्न सहज होस् भनेर विभिन्न आठवटा कम्पनी मिलेर यो मेलाको आयोजना गरेका हौं । हामीले मेलामा आउनुहुने सबै ग्राहकहरु पूर्ण सन्तुष्ट बनाएर पठाएका छौं । तपाईंले नै देखिहाल्नुभयो, यहाँ आउने हरेक ग्राहकहरुले दुई–चार जोर जुत्ता खरिद गरेरै जानुहुन्छ । यसबाट पनि प्रष्ट हुन्छ नि हाम्रा जुत्ता–चप्पलमा दिइएको मूल्यले ग्राहक कतिको सन्तुष्ट हुनुहुन्छ भनेर ।’ जुत्ता सेल मेलामा आएका ग्राहक ठाकुर यादवले भने– ‘एक जोर जुत्ता किन्न आएको थिएँ, राम्रो र गुणस्तरीय लाग्यो, तीन जोर किनें ।’

प्रकाशित समय ११:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010