V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

मेगा बैंकले ल्यायो विभिन्न सुविधासहित दुई नयाँ बचत योजना

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजनाका साथै ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको छ । ग्राहकहरुकै अटुट विश्वासका कारण बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको मेगा बैंकले ‘मेगा विश्वास बचत खाता’ योजना ल्याएको हो । ६.५ प्रतिशत आकर्षक ब्याज पाइने यो बचत खातामा ग्राहकहरुलाई १७ वटा आकर्षक सुविधा तथा छुटहरुको व्यवस्था गरिएको छ । यसैगरी, मोबाइल बैंकिङ र डेबिट कार्ड निःशुल्करुपमा जारी गरिने र क्रेडिट कार्ड जारी गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । यो बचत योजनाले ग्राहकहरुको विश्वासलाई थप प्रगाढ बनाउने बैंकले जनाएको छ ।
ग्राहकहरुलाई आकर्षक एवं नवीनतम सुविधाहरु प्रदान गर्दै मेगा बैंकले ‘मेगा माया बचत खाता’ को २०२० संस्करण पनि ल्याएको छ । नियमित बचतसँगै स्वास्थ्य र जीवन सुरक्षाको पनि अनुभुति गराउने उद्देश्यले मेगा बैंकले ल्याएको यस योजनामा सम्बन्धित ग्राहकको १० लाख रुपैयाँसम्मको दूर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको प्राणघातक रोगहरुको बीमा र १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमाको व्यवस्था बैंक आपैmंले बिमा प्रिमियम शुल्क व्यहोर्ने गरी बीमा प्रदायक कम्पनी नेको इन्स्योरेन्समार्फत गर्ने भएको छ । आकर्षक ब्याजदर रहेको यस बचत योजनामा ग्राहकहरुले मोबाइल बैंकिङ र डेबिट कार्ड निःशुल्क रुपमा पाउने छन् भने क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका अहिले देशभर १११ शाखा, २० एक्सटेन्सन काउन्टर, ११४ एटिएम, ११९ शाखारहित बैंकिङ केन्द्रहरु र २५ सयभन्दा बढी मेगा रेमिटको सञ्जाल रहेका छन् ।

प्रकाशित समय १९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010