V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

श्री बालसेवा आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

सुनसरी । राप्रपा निकट पत्रकारहरुको समूह मिडिया नेपाल १ नम्बर प्रदेश कमिटीले बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ को अति विकट ठाउँ श्रीलंका टापुमा रहेको बालसेवा आधारभूत विद्यालयमा रहेका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । विद्यालयमा रहेका करिब १०६ जना विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी न्यानो कपडा वितरण गरेको हो । सोही विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का केन्द्रिय सहमहामन्त्री केदार कोईरालाको प्रमुख आतिथ्य तथा मिडिया नेपाल १ नम्बर प्रदेश कमिटीका अध्यक्ष बिजयकुमार राउतको सभापतित्वमा भएको थियो । त्यसैगरी बिशिष्ट अतिथिमा मिडिया नेपालका केन्द्रीय सदस्य विकल रेग्मी तथा महेन्द्रनगर साना शहरी खानेपानी संस्थानका अध्यक्ष भवानीप्रसाद धिमाल र उपाध्यक्ष गणेश अधिकारी, राप्रपा बराहक्षेत्र नगर अध्यक्ष अर्जुन भट्टराई, नेपाली कांगे्रस महिला संघकी केन्द्रीय सदस्य अनु गुरुङ, पत्रकारहरु संगम विस्ट, सुमनसागर खतिवडा, भरत घिमिरे, सुविन विश्वकर्मा, विकल पौडेल, कृष्ण भट्टराईलगायतका अतिथिहरुको पस्थिति रहेको थियो ।
जाडो मौसममा न्यानो कपडा वितरणबाट आफूहरुले सामाजिक कामको शुरुवात गरेको भए पनि भविष्यमा अझै थुप्रै यस्ता कामहरू गर्दै जाने कार्यक्रमका सभापति बिजय राउतले बताए । राउत भन्छन्– ‘कमेडी गर्ने कलाकारहरुले देशमा मुसहर बस्ती देखि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउनेसम्मका महान कार्यहरू गर्न सक्छन् भने हामीले पनि आफ्नो ठाउँबाट सक्दो गर्नुपर्छ ।’ मिडिया नेपाल १ नम्बर प्रदेश कमिटीको आयोजनामा भएको उक्त कार्यक्रमा महेन्द्रनगर साना शहरी खानेपानी संस्थान बराहक्षेत्र ६ चक्रघट्टी र कुमारी बैंक बेलका शाखाको वित्तीय सहयोग रहेको थियो ।

प्रकाशित समय २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010