भृकुटीमण्डपको ठूलो चौरमा ‘जुत्ता सेल मेला’को आयोजना

आकर्षक छुटसहित हजारभन्दा बढी मोडल उपलब्ध



काठमाडौं । राजधानीको मुटु भृकुटीमण्डपस्थित ठूलो चौरमा ‘जुत्ता सेल मेला’ शुरु भएको छ । चर्चित स्वदेशी ब्राण्डका उत्पादनहरुको लोकप्रियता बढेसँगै मेलाले व्यापकता पाउँदै गएको छ । ख्यातिप्राप्त नेपाली ब्राण्डका गुणस्तरीय, बलिया, आकर्षक र फ्रेस जुत्ताचप्पलहरु उत्पादन मूल्यमै मेलामा उपलब्ध गराइएपछि मेलाको पहिलो दिनदेखि नै उपभोक्ताहरुको भीड बढ्दै गएको आयोजकले जानकारी दिएका छन् ।


मेलामा एक हजारभन्दा बढी मोडलका जुत्ताचप्पलहरु उपलब्ध छन् । के बच्चा, के युवा, के बृद्धबृद्धा सबैका लागि छानी–छानी हजारभन्दा बढी मोडलका गुणस्तरीय जुत्ताहरु सर्वसुलभ मूल्यमा पाइने भएपछि ग्राहकहरु निकै आकर्षित भएका हुन् । मेलामा ७५ प्रतिशतसम्म छुटसमेत उपलब्ध गराइएको आयोजक प्रमोद महतोले बताए । महतोले भने– ‘कोही–कोही ग्राहक त एकजोर जुत्ता किन्ने सोचले आएका हुँदारहेछन््, गुणस्तर र मूल्य देखेर खुशी हुँदै परिवारका सबै सदस्यका लागि खरिद गरेर झोलाभरि लिएर फर्कन्छन् । यसले पनि हामीले आयोजना गरेको जुत्तामेलामा ग्राहकहरु पूर्णसन्तुष्ट छन् भन्ने पुष्टि गर्छ ।’ उनले भने– ‘हामीले फ्रेस जुत्ता चप्पलहरु उत्पादन मूल्यमै उपलब्ध गराइरहेका छौं । हरेक जुत्तामा ६ महिनाको वारेण्टीसमेत दिएका छौं ।’
नेपालका प्रख्यात ब्राण्ड पिजी सुज, बेम्बो सुज, फुटस्टेप सुज, बोस सुज, भेनस सुज र केटिएम सुजका गुणस्तरीय र स्टाइलिस जुत्ताचप्पल मेलामा उपलब्ध छन् । विवाहका सिजनका लागि पनि लक्षित गरेर मेलामा पार्टी सुजहरु र जाडोका लागि नयाँ डिजाइनका गुणस्तरीय जुत्ता पनि उपलब्ध गराइएको आयोजक महतोको भनाई छ ।

स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि जुत्ता सेल मेला आयोजना गरिएको अर्का आयोजक जीवन श्रेष्ठको भनाई छ । श्रेष्ठले भने– ‘हामीले अन्य विभिन्न कम्पनीहरुले जस्तो स्टक क्लियरेन्स गर्नका लागि मेला आयोजना गरेका होइनौं, उपभोक्ताले सर्वसुलभ दाममा नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पलहरु खरिद गर्न सकून् भन्ने उद्देश्यले मेलाको आयोजना गरेका हौं ।’

मेलामा जुत्ता किन्न आएका ग्राहक खेमराज थापाले श्रीमतीतिर देखाउँदै भने– ‘उनलाई एकजोर जुत्ता किनौं भनेर आएको थिएँ, यहाँ आएपछि त मेरो मनै परिवर्तन भयो । यो मेला यसअघिका मेलाभन्दा एकदमै भिन्न पाएँ । बाहिरतिर किन्दा ३ हजार रुपैयाँसम्म पर्ने जुत्ता यहाँ त १५ सय रुपैयाँमै दिइएको रहेछ । सामान्यरुपमा अन्य बाहिरका पसलहरुमा २ हजार रुपैयाँ पर्ने जुत्ता त यो मेलामा तीन जोर पो आउँदो रहेछ ।’
थापाले भने– ‘स्कूले विद्यार्थीहरु, बैंक तथा वित्त संस्थाका कर्मचारी, सरकारी कर्मचारी, बुढाबुढी, केटाकेटी सबैलाई हुने यतिधेरै ब्राण्डका गुणस्तरीय जुत्ता सस्तो मूल्यमा पाइन्छ भनेर जतिसक्दो धेरैलाई जानकारी पुगेमा उनीहरुले समेत मेलाबाट सस्तो मूल्यमा गुणस्तरीय जुत्ता किनेर लाभ लिन सक्थे ।’


अर्का मेला आयोजक रामहरि तोलाङ्गले भने– पछिल्लो समयमा गुणस्तरीय स्वदेशी उत्पादनलाई सम्पूर्ण नेपालीले रुचाइदिनुभएको छ । स्वदेशी उद्योगको प्रवद्र्धनका लागि पनि एउटै छानामुनि हजारभन्दा बढी मोडलका गुणस्तरीय जुत्ताचप्पल सस्तो मूल्यमा उपलब्ध गराएका छौं । नेपाली उत्पादनहरु अन्तर्राष्ट्रिय स्तरका छन् । ‘रिजनेवल प्राइस’ हाम्रो मेलाको महत्वपूर्ण आकर्षण हो ।

प्रकाशित समय २२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु