‘महासेल महाकुम्भ जुत्ता मेला’ बिहिबार सकिने
उत्पादन लागत मूल्यमै पाइन्छन् हजारभन्दा बढी ब्राण्डका जुत्ता–चप्पल

काठमाडौं । राजधानीको मुटु भृकुटीमण्डपमा लागिरहेको ‘महासेल महाकुम्भ जुत्ता मेला’ बिहीबार सकिंदैछ । यतिबेला सो जुत्तामेलामा उपभोक्ताहरुको भीड निकै बाक्लो हुन थालेको छ । मेला सकिनै लाग्दा उपभोक्ताहरुको भीड झन्–झन् बढ्न थालेपछि जुत्ता मेलाका आयोजक खुशी भएका छन् । मेला आयोजकले नेपालमै बनेका विभिन्न ब्राण्डका गुणस्तरीय जुत्ताहरु सस्तो मूल्यमा उपलब्ध गराएपछि उपभोक्ताहरुको उपस्थिति झन् बढ्दै गएको हो ।
मेलामा हजारभन्दा बढी मोडलका जुत्ता–चप्पल उपलब्ध गराइएको छ भने थप २ सय नयाँ मोडलका जुत्ता चप्पलसमेत मेलामै लञ्च गरिएको छ । सो मेलामा विभिन्न छुट र स्कीमसहित उत्पादन लागतमै जुत्ताचप्पल उपलब्ध गराइएकाले उपभोक्ताहरुलाई यो अवसर नगुमाउन आयोजकको आग्रह छ । मेला आयोजक प्रमोद महतोले भने– ‘मेला बिहिबारसम्म मात्र लाग्ने भएकाले सस्तोमा गुणस्तरीय जुत्ता–चप्पल गरिद गर्ने सुनौलो अवसर नगुमाउनु हुन सबैमा अनुरोध छ ।’ महतोले भने– ‘उपभोक्ताहरुलाई नेपाली जुत्ताचप्पलको प्रयोग गर्ने बानी बसाल्न उत्पादन मूल्यमै गुणस्तरीय १ हजारभन्दा बढी मोडलका जुत्ता मेलामा उपलब्ध गराएका छौ ।’
स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि महासेल कुम्भमेला राखिएको अर्का आयोजक जीवन श्रेष्ठको बताए । श्रेष्ठले भने– ‘मेलामा हामीले एकदमै सस्तो उत्पादन (फ्याक्ट्री) मूल्यभन्दा कम पैसामा नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल बिक्री–वितरण गरिरहेका छौं । हामीले स्टक क्लियरेन्स गर्न नभएर मेलामा नै नयाँ–नयाँ डिजाइनका जुत्ता पनि लञ्च गरेका छौ, जसले गर्दा उपभोत्ताको चाप बढेको छ ।’ एउटै छानामुनी सबै मोडलका जुत्ताचप्पल छानीछानी किन्नका लागि मेला आयोजना गरिएको अर्का आयोजक रामहरी तोलाङ्गको भनाई छ । गुणस्तरीय जुत्ताचप्पल सस्तो मूल्यमा एउटै थलोमा उपलब्ध हुनु नै यो मेलाको आकर्षण पक्ष हो ।
उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोत्ताले छानीछानी किन्न पाउनुका साथै हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको आयोजकको भनाई छ । साथै नयाँ लन्च गरिएका जुत्तामा ४० प्रतिशतसम्म र अन्य जुत्तामा ७५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । मेलामा नेपालका प्रख्यात ब्राण्ड पिजी सुज, बेम्बो सुज, फुटस्टेप सुज, बोस सुज, भेनस सुज र केटिएम सुजका गुणस्तरीय र स्टाइलिस जुत्ताचप्पल उपलब्ध छन् ।
प्रकाशित समय १७:३८ बजे