1100×100 Nabil Advert

एनआईसीद्वारा बीमा सुविधा अन्तर्गतको रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना खातावाललाई बीमा रकम भुक्तानी गरेको छ । बैंकले ल्याएको बचत खाताको योजनाअन्तर्गत विभिन्न खातावाल व्यक्तिहरुलाई बीमा सुविधाअन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरेको हो । जसअन्तर्गत बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउप्रसाद गुरुङ दूर्घटनामा परी असामयिक निधन भएका कारण खातावालकी श्रीमती रन सुब्बा गुरुङलाई बीमा दूर्घटनावापतको रकम ४ लाख ९१ हजार २ सय ५३ रुपैयाँ भुक्तानी गरेको हो । यसैगरी बैंकले मेडिकल बीमावापतको रकम काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई २६ हजार ५ सय १९ रुपैयाँ, नेपालगञ्ज शाखाकी चमत्कारिक बचत खातावाहक ताराकुमारी बुढाथोकीलाई ६७ हजार ९ सय ३३ रुपैयाँ, कलंकी शाखाका चमत्कारिक तलब बचत खातावाहक ज्ञानबहादुर पराजुलीलाई ५९ हजार ९ सय ४ रुपैयाँ, झापा केचनाकवल शाखाकी चमत्कारिक बचत खातावाहक पद्मा मिश्रलाई १० हजार ४ सय ३९ रुपैयाँ र झापा झिलझिले शाखाका चमत्कारिक बचत खातावाहक शंकर थापालाई २८ हजार ७ सय ५० रुपैयाँ रकम भुक्तानी गरेको छ ।
एनआइसी एसिया बैंकका देशभर ३०१ शाखा कार्यालय, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैैंकका करिब १८ लाख ग्राहकहरू रहेका छन् ।

प्रकाशित समय ०८:२७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु