1100×100 Nabil Advert

सिटिजन्सको शाखारहित बैंकिङ सेवा भोजपुरको हेलौंछामा

काठमाडौं । सेवा विस्तार गर्दै गाउँ–गाउँका नागरिकको वित्तीय कारोबारलाई सहज बनाउने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले भोजपुर जिल्लाको हेलौंछामा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।  देशका विभिन्न दूर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु-याउनुका साथै शाखारहित बैकिङ्ग सेवा विस्तार गर्ने क्रममा बैंकले भोजपुर जिल्लाकोे भोजपुर नगरपालिकाको हेलौंछामा आफ्नो १०२ओैं शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको हो । सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन जिल्ला समन्वय समिति भोजपुरका सदस्य टंकबहादुर तामाङ, भोजपुर नगरपालिका–२ का अध्यक्ष कुमार राई तथा सोही नगरपालिका–१ का अध्यक्ष विष्णुकुमार भुजेलले दीप प्रज्वलन गरी संयुक्त रुपमा गरेका थिए । सो अवसरमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ–संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी लक्ष्मी किराना पसलका प्रोप्राइटर सन्तोष कट्वाललाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
उक्तशाखारहित बैकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति विश्वास एवं बैंकिङ्ग सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित समय ०७:४५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु