1100×100 Nabil Advert

ग्लोबल बैंक र नेपाल खुला विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल खुला विश्वविद्यालयबीच शुल्क संकलनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा विश्वविद्यालयको तर्फबाट कूल सचिव कमल ढकाल र बैंकको तर्फबाट बैंकका कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार ग्लोबल आइएमई बैंकमा खाता खोलिसकेपछि नेपाल खुला विश्वविद्यालयका विद्यार्थीहरुले बैंकको मोबाइल एप्लिकेशन तथा अनलाइन बैंकिङ्गमार्फत् शुल्क तिर्न सक्नेछन् । हाल बैंकले आफ्ना १४५ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १८८ शाखारहित बैंकिङ्ग सेवा, १४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय ०८:०० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु