V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

बाढी पीडितको आवास निर्माणमा जनता बैंकको सहयोग

काठमाडौं । तराई–मधेशमा गत २०७४ साल श्रावणमा गएको भिषण बाढी तथा डुबानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तीमा ५२ घर तयार गरी स्थानीयलाई हस्तान्तरण गरिएको छ । उक्त बस्ती निर्माणको लागि जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले नेपाल ब्रोडकास्टिङ च्यानल प्रालि न्यूज २४ का महाप्रबन्धक सुधिर राजभण्डारीलाई हस्तान्तरण गरे ।

वि.सं. २०७४ श्रावण महिनामा तराई क्षेत्रमा गएको बाढीबाट घरबार गुमाएका उक्त मुसहर बस्तीका जनताहरुको आवास पुनर्निर्माणको लागि २०७४ साउन ३१ गते जनता बैंकमा ‘न्युज २४ टिभि जनता बैंक विपत्ती राहत कोष’ खाता सञ्चालन गरिएको थियो । नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृती लिई उक्त खातामा विभिन्न व्यक्ति तथा संघ–संस्थाबाट जम्मा भएको रकम करिब २ करोड रुपैयाँ र अन्य सहयोग समेत गरी न्यूज २४ को अगुवाईमा उक्त बस्तीमा करिब ३ करोडको लागतमा ५२ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । उक्त बस्ति २०७५ कार्तिक २७ मा पूर्वराष्ट्रपति डा.रामवरण यादवबाट हस्तान्तरण भइसकेको छ ।

प्रकाशित समय २०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010