V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने

काठमाडौं । ‘विश्वास जित्दै अघि बढ्दै’ भन्ने नाराका साथ अघि बढिरहेको मेगा बैंकले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सहमति गरेर एक कदम अगाडि बढ्न सफल भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले दुबै बैंकको सञ्चालक समितिका सदस्यहरु लगायत प्रमुख कार्यकारी अधिकृतहरुको रोहवरमा सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । यो प्राप्ति पश्चात् मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथसाथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो ‘क’ वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताए । गण्डकी विकास बैंक लिमिटेडको शेयर रोक्काको प्रक्रियालगायत नेपाल राष्ट्र बैंकसमक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य यथाशीघ्र अघि बढाइने शाहले जानकारी दिए । आषाढ मसान्त २०७६ को तथ्यांक अनुसार दुबै बैंकको संयुक्त निक्षेपको आकार १ खर्ब १२ अर्ब तथा कर्जा लगानीको आकार ९८ अर्ब रहेको र हालको शाखा संख्या १९१ पुगेको छ ।

प्रकाशित समय ०८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010