V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

मेगा बैंकद्वारा फुड फर लाइफ नेपालमार्फत बालबालिकालाई खाद्यान्न सहयोग

काठमाडौं । हलोदेखि हाइड्रोसम्म लगानी गर्दै आएको मेगा बैंक नेपाल लिमिटेडले बालबालिकाहरुका लागि खाद्यान्न सहयोग गरेको छ । बैंकले काठमाडौंको बुढानिलकण्ठस्थित फुड फर लाइफ नेपालमार्फत् बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेगा बैंकले फुड फर लाइफ नेपाललाई १५ दिनका लागि पुग्ने चामल, नून, तेलसहित बिभिन्न प्रकारका खाद्य सामाग्रीहरु सहयोग गरेको हो । फुड फर नेपालले सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई नियमितरुपमा आफैंले पकाएर खाजा सहयोग गर्दै आएको छ । सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएका विपन्न परिवारका बालबालिकालाई खाजा खानबाट बञ्चित हुन नपरोस् र त्यसले गर्दा पढाईमा कुनै असर नहोस् भन्ने उद्देश्यले मेगा बैंकले फुड फर लाइफ नेपालमार्फत् बालबालिकाका लागि खाद्यान्न सहयोग गरेको हो । ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधा प्रदान गर्दै आएको मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमार्फत असहाय तथा विपन्न वर्गका बालिबालिकाको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ । अहिले मेगा बैंकका १०२ शाखामार्फत १/१ जना बालिकालाई पनि बैंकले छात्रवृत्ति प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

प्रकाशित समय २०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010