V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

जनता बैंकले १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले आ.ब. २०७५/०७६ मा बैंकले प्राप्त गरेको मुनाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले ६ प्रतिशत बोनश शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ । बैंक गत आर्थिक वर्षमा १ अर्ब ३१ करोड ८ लाख ४७ हजार ६ सय ३ रुपैयाँ मुनाफा गरेको थियो । सो रकम मध्येबाट २०७६ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी ८ अर्ब ७ लाख ८५ हजार ९ सय २५ रुपैयाँको १२ प्रतिशतले हुन आउने रकम ९६ करोड ९४ हजार ३ सय १० रुपैयाँ ९४ पैसा लाभांश शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित १२ प्रतिशतमध्ये ६ प्रतिशत बोनश शेयर र ६ प्रतिशत नगद लाभाँश वितरण गरिने भएको छ । बैंकले प्रस्ताव गरेको बोनस शेयर तथा नगद लाभांश रकम नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ ।

प्रकाशित समय ०७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010