क–कसले पाउँदैछन् प्रेस काउन्सिल नेपालबाट पुरस्कार ?

काठमाडौं । प्रेस काउन्सिल नेपालले आफ्नो ५० औं वार्षिकोत्सवका अवसरमा विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गर्ने भएको छ । काउन्सिलले प्रत्येक वर्ष पत्रकारिता क्षेत्रका विभिन्न विधाका व्यक्तिहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ । काउन्सिलको यो वर्ष स्वर्णजयन्ती पनि हो । असोज ६ गते एक विशेष समारोहका बीच काउन्सिलले विभिन्न व्यक्तिहरूलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । यसपटकको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार गोविन्दबहादुर थापालाई दिइने भएको छ । जसको रकम १ लाख ५१ हजार रहेको छ । त्यसैगरी प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार डा. सुरेश आचार्यलाई प्रदान गरिनेृ भएको छ । जसको राशि १ लाख ५ हजार रुपैयाँको रहेको छ । प्रेस काउन्सिल आचारसंहिता पुरस्कार दैनिक नेपालगञ्ज बाँकेले पाउने भएको छ । जसको राशि ५० हजार रुपैयाँको रहेको छ । प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार मो.हसन मियाँ सुनसरीलाई प्रदान गरिने भएको छ । जसको राशि २० हजार रुपैयाँको छ भने प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार अन्तबोध साहित्यिक त्रैमासिकलाई प्रदान गरिने भएको छ । जसको सम्पादक तथा प्रकाशक होमशंकर बास्तोला रहेका छन् । जसको राशि २० हजार रुपैयाँको छ।
त्यसैगरी प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार नेपालभूषण न्यौपाने, शिवबहादुर कार्की, सितारामप्रसाद बर्मा कट्टेल, यज्ञप्रसाद शर्मा, हरि जोशी, बालकृष्ण प्रसाद, शंकर कार्की, विष्णुप्रसाद शर्मा, विश्वमणि सुवेदीलाई प्रदान गरिने भएको छ । पुरस्कृत हुने प्रत्येक व्यक्तिलाई २० हजार रुपैयाँ प्रदान गरिने छ । जनही १५ हजार रुपैयाँ राशिको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार मीना तिवारी (घिमिरे), अजयदीप शर्मा, अमर खड्का, डिलाराम भुसाल, करुण अर्याल, विधान श्रेष्ठ, निलिफा सुब्बा, मन्जिमा ढकाल, सोमबहादुर थापा, रिङ्कु मिश्र (गायत्री) रहेका छन् ।
त्यसैगरी प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार, २०७६ बाट सविता बानियाँ र हर्कबहादुर श्रेष्ठलाई प्रदान गरिने भएको छ । हरेकको राशि २० हजार रुपैयाँको रहेको छ ।् त्यस्तै प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुरस्कार २०७६ विपुल पाण्डेलाई प्रदान गरिने भएको छ । जसको रकम १० हजार रुपैयाँ रहेको पे्रस काउन्सिल नेपालका सह–प्रशासकीय अधिकृत एवं सूचना अधिकारी दीपक खनालले जनाएका छन् ।
प्रकाशित समय २१:१५ बजे