V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

संविधान दिवस मान्ने, बहिष्कार गर्ने, तटस्थ बस्ने सबैलाई शुभकामना

सर्वप्रथम संविधान दिवस मान्ने, बहिष्कार गर्ने, तटस्थ बस्ने सबैलाई शुभकामना । त्यही संविधानलाई टेकेर सत्तामा बस्ने, चुस्नसम्म चुस्ने, खान पाएसम्म नछाड्ने अनि त्यसैलाई बहिष्कार गर्नेहरुलाई सबैभन्दा बढी शुभकामना । किनभने उनीहरुको नियत नै सफा छैन । संविधान सबैथोक होइन । संविधान मानिसलाई अनुशासित बनाउनका लागि बनाइएको एक समझदारी हो । संविधान प्रत्येक व्यक्ति वा संस्थाका लागि फरक–फरक पनि बनाउन सकिंदैन । संसारकै प्रजातन्त्रको जननी भनेर चिनिने मुलुक बेलायतमा अहिलेसम्म लिखितभन्दा पनि परम्परागत कुराहरुले काम गरिरहेको छ । उनीहरु त्यसलाई मान्दछन् । जसलाई प्राकृतिक कानून भन्दा पनि हुन्छ वा सुझबुझ वा समझदारी भन्दा पनि हुन्छ ।
लिखित संविधान हुँदैमा मुलुक विकसित हुने भए नेपालमा अहिलेसम्म ७ वटा संविधान निर्माण भइसकेका छन् । नेपाल धेरै अगाडि बढिसक्थ्यो, संसारकै समृद्ध मुलुक बनिसक्थ्यो होला । तर बेलायतबाट उदाहरण लिऔं न । त्यहाँ म्याग्नाकार्टालाई अहिले पनि कानूनको रुपमा मान्दछन् । बेलायतको संविधानको जग नै त्यही हो । उनीहरुको देशमा अहिले पनि राजतन्त्र छ । तर सबै कुरा संसद्ले गर्दछ । उनीहरु संस्थालाई सर्वोपरी ठान्दछन् । अनुशासिनत छन्, त्यसैको जगमा टेकेर उनीहरु संसारकै विकसित मुलुक बनेका हुन् । त्यसैले सबैभन्दा ठूलो कुरा इमान्दारिता हो ।
जबसम्म हामी हाम्रो मानसिकतामा परिवर्तन गर्दैनौं, इमान्दारितापूर्वक राष्ट्रको लागि काम गर्दैनौं, विभिन्न देशहरुका दलाल बनिरहन्छौं, आफ्नो भण्डारमा खाल्डो खनेर आँगन पुरिरहन्छौं, तबसम्म जस्तोसुकै संविधान बने पनि त्यसको अर्थ रहँदैन । संविधानले विभिन्न क्षेत्र, समुदायलाई विभेद ग¥यो भनेर आज पनि बहिष्कार भइरहेको छ । कहाँनेर संविधानको कुन धाराको कुन उपधारामा क–कसलाई विभेद गर्ने भनेर लेखिएको छ ? हामीले त अहिलेसम्म देखेका छैनौं ।
हामी विदेशीहरुको इशारामा आज पनि नाचिरहेका छौं । हाम्रा आन्तरिक कुराहरु लगेर विदेशी दूतावासहरुमा सुनाउँछौं । उनीहरुले हामीलाई जात, धर्म, लिङ्ग, वर्ण, क्षेत्र, समुदाय आदिका नाममा पैसा खर्च गरेरै एकापसमा भिडाइरहेका छन् । हामी त्यसलाई बुझ्दैनौं । हामीलाई यो वा त्यो समुदायले विभेद ग¥यो भन्दै कुर्लिन्छौं । सामाजिक विकृतिहरु नभएका होइनन्, धेरै छन् । त्यसलाई संविधानले मेटिदिने होइन । त्यो त हामी आफैंले क्रमशः मेट्दै जानुपर्दछ । त्यसैलाई भनिएको हो मानसिकता । आजसम्म हामीले तपाईंको समुदाय पछाडि प¥यो, तपाईंहरुको उत्थानका लागि, समृद्धिका लागि, शिक्षाका लागि यति लगानी गर्दैछौं, तपाईंको जीवनस्तर उकास्नुस् भनेर आउने एनजीओ वा आइएनजीओहरु कमै देखेका छौं । उनीहरुको मुख्य ध्यान भनेकै धर्म परिवर्तन, जात–जातिबीच फाटो, समुदायबीच वैमनश्यता उत्पन्न गराउने जातिवादी विषयवस्तुमा सबैभन्दा बढी लगानी गरिएको छ । यदि उनीहरु साँच्चै तपाईं–हाम्रो भलो चाहन्थे भने वैज्ञानिक आविष्कारका लागि, अध्ययन–अनुसन्धानका लागि, व्यवसायिक सिप र क्षमता अभिबृद्धिका लागि लगानी गर्ने थिए । तर उनीहरुको उद्देश्य त्यो होइन । नेपालजस्तो देशलाई सधैं आफ्नो खेल मैदान बनाएर स्वार्थपूर्ति गर्नुमै उनीहरुको जोडबल रहँदै आएको छ । जबसम्म हामी सत्ता सञ्चालकहरुदेखि लिएर सर्वसाधारण सबै त्यस्ता गतिविधि गर्नेहरुप्रति आशक्त भएर लाग्छौं, उनीहरुलाई आफ्ना आन्तरिक कुराहरु दिइरहन्छौं, तबसम्म हामी कहिल्यै अगाडि बढ्न सक्ने छैनौं । संविधान दिवसको उपलक्ष्यमा सबैले आ–आफ्नो ठाउँबाट प्रण गरौं– आजैदेखि हामी विदेशीको गुलामी बन्ने छैनौं । मुलुकको धर्म नष्ट गराएर पराधीन बन्ने छैनौं । जात–जाति, धर्म, सम्प्रदाय वा क्षेत्रका नाममा विदेशीसँग साँठगाँठ गर्ने छैनौं । सधैं नेपाली भएर इतिहासको सम्मान र गौरवलाई अझ उचाईमा पु¥याउने अठोटसहित अगाडि बढ्ने छौं । जिम्मेवारी लिएकाहरुले समयमै इमान्दारितापूर्वक पूरा गर्नेछौं । संविधान दिवसको सबैमा पुनः एकपटक शुभकामना ।

प्रकाशित समय ०९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010