MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

टानमा दुई समूहको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४१ औं वार्षिक साधारणसभा भदौ २० गते हुँदैछ । साधारणसभाले टानमा नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि दुईवटा समूहले आ–आफ्नो प्यानल खडा गरेका छन् ।

दुई वर्षे कार्यकालका लागि चुनिने नेतृत्वका लागि यतिबेला युवा पर्यटन व्यवसायी अन्जन थापा (कुमार) समूह वामपन्थी समूहको नेतृत्व गर्दैछन् । उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ऋषि नेपाल, प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देवकोटा, द्वितीय उपाध्यक्षमा तेन्जिङ शेर्पा, महासचिवमा सरिता लामा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा टेक खकुराल र सह–कोषाध्यक्षमा प्रदिप पण्डितको नाम छ भने सदस्यहरुमा रघु पौडेल, मिङ्मा शेर्पा, ङिमादिकी शेर्पा, सुनिल सिलवाल, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर लामा, रघुनाथ पौडेल, रामबहादुर गुरुङ, श्रीराम अधिकारी, मिङ्मा शेर्पा र ठाकुर सापकोटा चुनावी प्रतिस्पर्धामा छन् ।


टानको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी छन् खुमबहादुर सुवेदी । उनको समूहबाट वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, सचिवमा प्रदिपकुमार घिमिरे, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सह–कोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठर सदस्यहरुमा खोमराज अधिकारी (सन्तोस), सिम्बिर घले, केशवप्रसाद दाहाल, कान्छा शेर्पा, सोनाम ग्याल्जेन शेर्पा, रवीन्द्र महर्जन, सनम शेर्पा, तेन्जिङ शेर्पा, बुद्धकुमारी अधिकारीको नाम रहेको छ । कूल १७ सदस्यीय कार्यसमितिलाई १३ सय २० मतदाताले मतदानमार्फत् चुन्नेछन् । यसरी दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएपछि कसले नेतृत्व हात पार्छ, सबैको चासोको विषय बनेको छ ।

प्रकाशित समय १९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु